काठमाडौँ, मङ्सिर १ गते । विदेशमा रहेका नेपालीले पठाउने रकम बढ्दा मुलुकमा डलरको सञ्चिति निरन्तर बढिरहेको छ । निर्यातमा देखिएको उल्लेख्य वृद्धिले मुलुकभित्र डलर भित्र्याउन थप सहयोग पुगेको तथ्याङ्कले देखाउँछ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउन–असोज) सम्म २१ अर्ब २१ करोड डलर (२९ खर्ब ७९ अर्ब रुपियाँ) बराबरको […]
काठमाडौँ, कात्तिक ३० गते। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति (घरजग्गा) बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताउनुभएको छ। नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा उहाँले आर्थिक गतिविधि बिस्तारका लागि दुवै बजारको सक्रियता अनिवार्य भएको बताउनुभयो। अर्थमन्त्री खनालका […]
काठमाडौँ, कात्तिक ३० गते । सरकारले रासायनिक मलको मूल्य समायोजन गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्दै गएपछि लागत मूल्य महँगो पर्न थालेपछि स्थानीय बजारमा समेत मूल्य समायोजन गर्ने तयारी गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएकाले रासायनिक मलको मूल्य समायोजन […]
बागलुङ, कात्तिक ३० गते । अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा नौ करोड ७० लाख सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिन शनिबार ७५ लाख सङ्कलन भएको हो । महायज्ञको छैठौं दिन बिहीबार सबैभन्दा धेरै एक करोड ६५ लाख सङ्कलन भएको थियो । मानवसेवा आश्रम बागलुङमा १० करोड रुपियाँको अक्षयकोष […]
काठमाडौँ, कात्तिक ३० गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ५३ पैसा र बिक्रीदर १६५ रुपियाँ २२ पैसा, युके पाउण्ड […]
काठमाडौँ, कात्तिक ३० गते । दसैँका बेला र तिहारपछिको पनि अविरल वर्षाका कारण महँगिएको हरियो तरकारीको भाउ अझै घटेको छैन । माग अनुसार ताजा तरकारीको आपूर्ति नहुँदा तरकारीको भाउ बढेको छ, जसको मारमा सर्वसाधारण उपभोक्ता परेका छन् । स्थानीय काउली थोकमै प्रतिकेजी १२० देखि १३० रुपियाँसम्म पुगेको छ भने बन्दा ७० रुपियाँ छ । काउली र […]
सुर्खेत, कात्तिक २९ गते । कर्णाली प्रदेश सरकारले २० लाखमुनिका आयोजना कार्यान्वयन नगर्न कार्यविधि संशोधन गरेको छ । विकास प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले प्रदेश सरकारले ‘आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१’ लाई संशोधन गरेर कार्यान्वयनमा ल्याएको छ । यो कार्यविधि गत फागुनमा ल्याइएको थियो । पहुँचका भरमा योजना समावेश गर्ने […]
दुई उद्योग एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगको नियमित महसुल नै भुक्तानी गरेका छैनन् भने उद्योग पनि पहिले नै बन्द थिए । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टले यसअघि नै भुक्तानी प्रतिबद्धता जनाएका कारण लाइन काटिएको थिएन । डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका कारण तत्काल समस्या टरे पनि यसको अन्तिम निरूपण भने […]
काठमाडौँ, कात्तिक २७ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५२ पैसा र बिक्रीदर १४२ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७५ पैसा र बिक्रीदर १६४ रुपियाँ ४५ पैसा, युके पाउण्ड […]
काठमाडौँ, कात्तिक २६ गते । स्थानीय बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । तिहारपछि निरन्तर घट्दै गएको सुनको मूल्य सोमबारदेखि पुनः उकालो लाग्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मङ्गलबार एकै दिन तोलामा चार हजार नौ सय रुपियाँले बढेर दुई लाख ४६ हजार चार सय […]