नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ कलाकार हुनुहुन्छ । साधना कार्टुनचित्र भए पनि उहाँ लेखन, अध्यापन र कलामा उत्तिकै सक्रिय देखिनुहुन्छ । उहाँले विभिन्न प्रकाशन तथा व्यक्तित्वद्वारा प्रकाशित एवं लिखित सयौँ पुस्तकमा दृष्टान्तचित्र, व्यङ्ग्यचित्र तथा आवरणचित्र बनाउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गरेका कामको सेरोफेरोमा केन्द्रित कुराकानी : तपाईं कार्यकालको उत्तरार्धमा हुनुहुन्छ, आफ्नो कार्यकाललाई कसरी मूल्याङ्कन […]
काठमाडौँ, पुस २८ गते । पछिल्लो समय नेपालको समग्र आर्थिक तथा वित्तीय अवस्था क्रमशः सुधारोन्मुख देखिँदा निक्षेप र कर्जा दुवै खाताको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार चालु आवको पहिलो पाँच महिनामै निक्षेप खाता छ करोड १५ लाख नाघेको छ भने कर्जा खाता २० लाखभन्दा माथि पुगेको […]
काठमाडौँ पुस २८ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा साढे सात अर्ब प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म सात अर्ब ४७ करोड रुपियाँ लगानी भित्रिएको हो । गत आवको सो अवधिमा छ अर्ब तीन करोड रुपियाँ लगानी भित्रिएको थियो । […]
काठमाडौँ, पुस २८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो […]
काठमाडौँ, पुस २८ गते । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भू–भागका केही […]
काठमाडौँ, पुस २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा लिने यात्रुको सङ्ख्या दिन दुई गुणा, रात चार गुणाका दरले बढ्दै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) ८० लाख यात्रु हो । सन् २०२० देखि सन् २०२५ सम्मको अवधिमा बढेका हवाई यात्रुको चाप प्रत्येक वर्ष […]
काठमाडौँ, पुस २८ गते । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रारम्भ भएको छ । महाधिवेशनमा आइतबार दुई हजार ६६२ (५६.१२ प्रतिशत) प्रतिनिधि सहभागी भएका छन् । बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई सुदृढ बनाउने, जनभावना अनुरूपको नीति निर्माण गर्ने र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टी रूपान्तरण र पुनर्निर्माणको दृढ उद्देश्यसाथ कांग्रेसको यो महाधिवेशन सुरु भएको हो । […]
इटहरी, पुस २७ गते । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर तथा मातहतका विभिन्न बाहिनी अड्डा तथा गणहरुले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । पूर्वी नेपालको कोशी प्रदेशमा रहेको ऐतिहासिक स्थल, गढी किल्ला संरक्षण एवम् सम्वर्धनलाई निरन्तरता दिँदै नेपाली पृतना हेडक्वाटर तथा मातहतका निकायले ऐतिहासिक पदयात्रा लगायतका विभिन्न कार्यक्रम आयोजना […]
काठमाडौँ, पुस २७ गते । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि खेलिएको अभ्यास खेलमा नेपालले अमेरिकामाथि जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले अमेरिकालाई चार विकेटले हरायो । अमेरिकाले दिएको एक सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ४९ रन बनाउनुभयो […]
काठमाडौँ, पुस २७ गते। २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ। समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार २०८२ पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम पुस २८ गते सोमबार बिहान […]