काठमाडौँ, माघ २ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ । आयोगले तय गरेको ‘प्रतिनिधिसभा […]
खलङ्गा (दार्चुला), माघ २ गते । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाकालाई नियमित रूपमा सञ्चालनका लागि पहल गरिदिन दार्चुलाको व्यास गाउँपालिका–१ का जनप्रतिनिधिले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । यहाँका जनप्रतिनिधि र स्थानीयले ओलीको भक्तपुर निवासमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । दार्चुला–चीन (तिब्बत) सिमानामा अवस्थित तिङ्कर नाका कोभिड महामारीको […]
तनहुँ, माघ २ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न तनहुँ जिल्लामा ‘निर्वाचन प्रहरी’ भर्ना प्रक्रिया सुरु गरिएको छ । सरकारले देशभर निर्वाचन सुरक्षाका लागि जनशक्ति परिचालन गर्ने नीति अनुरुप तनहुँका लागि एक हजार ७५२ जनाको कोटा निर्धारण गरी दरखास्त आह्वान गरेको हो । जिल्ला […]
दैलेख, माघ २ गते । राउटे समुदायलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष प्रतिनिधित्व गराउने उद्देश्यले गुराँस गाउँपालिकाको गाउँ सभामा दर्ता भएको जरुरी सार्वजनिक महìवको प्रस्ताव पारित गरिएको छ । गुराँस गाउँ सभाको १७ औँ (हिउँदे) अधिवेशनमा गाउँपालिका सरकारका प्रवक्ता तथा गुराँस गाउँपालिका–८ का वडाध्यक्ष दीपेन्द्रबहादुर ओलीले पेस गर्नुभएको सो प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको गुराँस गाउँपालिकाले जानकारी दिएको […]
बनेपा (काभ्रेपलाञ्चोक), माघ २ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा रहेका सरोकारवाला निकायसँग छलफल सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले आगामी निर्वाचनलाई लक्षित गर्दै हालसम्म भएका गतिविधिकाबारेमा जिल्लास्थित सरोकारवाला निकायलाई जानकारी गराएको हो । जिल्ला निर्वाचन अधिकारी दिनेश सिवाकोटीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान […]
मुक्तिनाथ (मुस्ताङ), माघ २ गते । मुस्ताङ जिल्लामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ती समितिको बैठकले शनिबार माघ ३ गतेसम्मलाई म्याद थप गरेको सदस्य सचिव सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले बताउनुभयो । अत्याधिक चिसोका कारण सुनसान बन्दै गएको […]
वराहक्षेत्र (सुनसरी), माघ २ गते । सुनसरीको वराहक्षेत्र मन्दिरको सप्तकोशीमा यस पटक एक लाख ५० हजारभन्दा बढी भक्तजनले मकरस्नान गरेका छन् । प्रत्येक वर्ष माघ १ गते मकरस्नान गर्न श्रद्धालु वराहक्षेत्र आउने गरेका छन् । धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन भएकाले मकरस्नान गर्न टाढा टाढादेखि भक्तजन आउने गरेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन […]
फुङलिङ, माघ १ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप बिहीबारबाट सञ्चालन हुँदै छ । गोल्ड कपअन्तर्गतको पुरुष फुटबल प्रतियोगिता उद्घाटन खेलमा आज आयोजक सिंवा स्पोर्टिङ क्लब र जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबिच प्रतिस्पर्धा हुँदै छ । कक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ति) को अवसरमा सञ्चालन हुने ऐतिहासिक माघेनी मेलासँगै गोल्ड कपमा जम्मा आठ […]
स्याङ्जा, माघ १ गते । आँधीखोला गाउँपालिकाले आयोजना गरको छैटौँ राष्ट्रपति रनिङ शिल्ड– २०८२ खेलकुद प्रतियोगिताको उपाधि त्रि–शहिद माविले जितेको छ । त्रि–शहिदले नौ स्वर्ण, छ रजत र ८ कास्य पदक जित्दै पहिलो बन्दै ६० हजार नगदसहित रनिङ शिल्ड, कप, मेडल र प्रमायाणपत्र हात पारेको हो । त्रि–शहिदले अहिलेसम्म खेलाइएका छ वटै प्रतियोगिता जित्दै दोस्रो […]
हेटौँडा, माघ १ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वहरू खुशी र समृद्ध जीवनका आधार भएको बताउनुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्व–२०८२ को अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उहाँले चाडपर्वहरूमा नेपाली समाजको मौलिकता र विशिष्टता झल्किने उल्लेख गर्नुभयो । “विविधताको सुन्दर फुलवारीमा राष्ट्रिय एकता, मेलमिलाप, सहिष्णुता र सह–अस्तित्व फक्रिँदा सुन्दर, शान्त […]