alliance khabar

बिहिबार, चैत्र १२, २०८२

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान प्रतिष्ठा र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला ल्याउन सक्छ ।

वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित हुनेछ । स्वास्थ्यमा कमजोरी र काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउँमा धन नाश हुने सम्भावना छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले साथ नदिँदा केही समस्या थपिन सक्छ ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह)

काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती सामना गर्नुपर्ला । नयाँ काम सुरु गर्ने समय आएको छ । विशेष उपहारका साथ प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । अल्छी गर्ने बानीले समस्या निम्त्याउन सक्छ, तर मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ । चिताएका कामहरू बिस्तारै भएपनि सम्पन्न हुनेछन् । मिठो बोलीले धेरैलाई प्रभावित बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने अवसर मिल्न सक्छ । अवसरलाई समयमै नपछ्याउँदा हातबाट फुत्किन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धन लाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथी टाढिन सक्छन् भने टाढाका साथीहरूसँग सम्बन्ध जोडिनेछ । व्यापारमा नसोचेको फाइदा हुन सक्छ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुन सक्छ । व्यवसायमा आम्दानी बढ्नेछ । श्रमको उचित मूल्य पाइनेछ । ईर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । टाढिएका सन्तानलाई आमाको सम्झनाले सताउन सक्छ ।

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

भौतिक साधन जुट्नेछ र आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रो हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको भर पर्ने बानीले धोका हुन सक्छ । सरल जीवनशैलीले सबैको मन जित्न सकिन्छ । स्वास्थ्य कमजोर हुँदा काममा ढिलाइ हुनेछ र अप्रिय समाचारले निराश तुल्याउन सक्छ ।

वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर छ । प्रतिष्ठित काम गरेर प्रशंसा पाइनेछ। धेरैलाई लाभ हुने कार्य गर्ने मौका मिल्नेछ । भूमि तथा कृषिबाट फाइदा हुनेछ । सामाजिक कार्यले सम्मान दिलाउनेछ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । अघिल्लो उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धामा जित दिलाउन सक्छ । भौतिक साधन जुट्नेछ र दिगो फाइदाको काम सुरु हुन सक्छ ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा मात्र भर नपर्नुहोला । कसैसँग सामान्य मनमुटाव हुन सक्छ । केही अवसर जुटेपनि परिस्थिति संघर्षमय रहन सक्छ । कामको बोझ बढ्न सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्नेछ र उठ्नुपर्ने रकम हात लाग्नेछ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)

महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु उचित हुनेछ । परिवारको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमान कायम गर्न सकिन्छ । मान सम्मान प्राप्त हुनेछ । आज आफूलाई केही कमजोर भएको अनुभूति हुन सक्छ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कामबाट केही फुर्सद पाइनेछ र अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । प्रयास गर्दा घरेलु काममा फाइदा पुग्नेछ। रोकिएका कामहरू दोहोर्याएर प्रयास गर्नु राम्रो हुनेछ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । यात्राको योग रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल