महोत्तरी, कार्तिक ९ गते । सूर्य उपासना र आस्थाको चार दिवसीय पर्व छठको दोस्रो दिन आइतबार साँझ महोत्तरी सहित देशभर घर–आँगनमा भक्तिभावका साथ खरना विधि सम्पन्न गरिएको छ। छठको दोस्रो दिन ‘खरना’ पञ्चमी तिथिमा पर्दछ, जसको अर्थ पापको क्षय र आत्मशुद्धिकरण हो। खरनाको दिन व्रतालुहरूले आज दिनभरि निर्जला व्रत बसेर, साँझ नुहाएर शुद्ध भई कुलदेवताका […]
नेपालगन्ज, कात्तिक ९ गते । बाघको आक्रमण पटक–पटक भइरहँदा पनि बेवास्ता गर्नेगरेको जनाउँदै बाँके राष्ट्रिय निकुञ्जप्रति राप्ती सोनारी गाउँपालिकाका स्थानीय आक्रोशित भएका छन् । राप्तीसोनारी –९ बुच्चापुरका स्थानीयले आक्रोेशित हुँदै बाँके राष्ट्रिय निकुञ्जका रेन्जरलाई कुटपिट गरेका हुन् । सो क्रममा समाचार संकलनमा गएका एकजना पत्रकारमाथि कुटपिट भएको छ । बाघले मान्छेको ज्यान जानेगरि आक्रमण गर्दा […]
काठमाडौँ, कात्तिक ९ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार जितका लागि दुई सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन […]
काठमाडौँ, कात्तिक ९ गते । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालको आजको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो । मन्त्रालयले आज साँझ जारी गरेको सूचनामा कुल ३१ प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई सहसचिव र दुई महानिर्देशकको सरुवा […]
गौशाला (महोत्तरी), कात्तिक ९ गते । मधेशमा अति विपन्न र अल्पसङ्ख्यक जातिको सूचीमा पर्छन् । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायलाई प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् । डोम समुदाय मात्र होइन, मधेशका […]
भोजपुर, कात्तिक ९ गते । जिल्लाका लेकाली भेगका किसान पछिल्ला वर्षहरूमा व्यावसायिक सतुवा ९जडीबुटी० खेतीतर्फ आकर्षित भएका छन् । मनग्य आम्दानी र औषधीय उपयोगका कारण यो खेती किसानको प्रमुख रोजाइ बन्दै गएको हो । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं १० साम्पाङ, आमचोक […]
जुम्ला, कात्तिक ९ गते । तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ । धार्मिक दुष्टिकोणले नदैगुफा ऐतिहासिक महत्व बोकेको पर्यटकीय गन्तव्य हो । प्रचारप्रसार र यातायातको अभावले यो क्षेत्र ओझेलमा परेको छ । अहिले […]
पोखरा, कात्तिक ९ गते । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छभने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ । […]
पश्चिम नवलपरासी, कात्तिक ९ गते । यतिबेला तराई–मधेश क्षेत्रमा आस्था र निष्ठाको महापर्व छठ पर्व र उत्साहले उत्सवमय बनेको छ । सूर्यदेव र छठी माताको उपासना गरिने यो पर्व अहिले तराईको भूगोल नाघेर राष्ट्रिय पर्वको रूपमा स्थापित हुँदै जाँदा तराई–मधेश समुदायमा हर्ष र उमङ्ग छाएको छ । तयारीको चटारो र बजारमा चहलपहल कात्तिक शुक्ल चतुर्थी […]
काठमाडौँ, कात्तिक ८ गते । सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माणाधीन भवनको आज अवलोकनपश्चात् उहाँले हरेक दिनको कार्यतालिका बनाएर निर्माणमा जुट्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो । मन्त्री घिसिङले भन्नुभयो,“पाँचौँ पटक म्याद थप गर्दा ठेकेदारका तर्फबाट आगामी पुस १६ गतेभित्र निर्माण सम्पन्न […]