सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि

काठमाडौँ, ६ जेठ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन […]

चार जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, सिनियर एसएसपीहरू छुटे

काठमाडौं , जेठ ५, २०८१ नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको बैठकले चार जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । डीआईजीमा बढुवा सिफारिस हुनेहरूमा एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी छन् । […]

संसदको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड र ओलीसँग छलफल गर्दै सभामुख

सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । शनिबार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग संयुक्त छलफल गर्न लागेका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्दै आएको संसद अवरोध हटाउने […]

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस

५ जेठ, काठमाडौं । बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन् । ‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकरात्मक हुनुहुन्छ,’ बैठकमा सहभागी भएका कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘ उहाँले सत्तापक्षका दलसँग […]

काँग्रेसले परिवर्तन गर्यो धार : गृहमन्त्रीलाई बोल्न दिएर संसदीय छानबिन समिति बनाउन तयार

काठमाडौँ/ ३ जेठ । सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने विषयमा निरन्तर संसद् अवरुद्ध गर्दै आएको कांग्रेसले अब भने उनलाई बोल्न दिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई बोल्न दिएर छानबिन समितिको विषयमा छलफल गर्ने प्रस्ताव कांग्रेसका नेताहरूसँग गरेपछि कांग्रेस लचिलो बनेको हो। आज बिहीबार बिहान प्रधानमन्त्री दाहाल, नेकपा […]

काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौँ, ४ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी तथा मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया […]

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौँ, ४ जेठ: विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ […]

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, ४ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा […]

बागमती प्रदेशः दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन, दुई सय ६१ जनाको मृत्यु

बागमती, ४ जेठ : सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ । सो कारबाहीबाट रु १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले […]

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ । आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन् । सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ । हिन्दू परम्परा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल