Alliancekhabar

शनिबार, साउन ०५, २०८१

बाजुरा, साउन ५ गते : बाजुराका ११ जना महिला तथा बालकालिकाको कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ ।

दलालहरुले बाजुरादेखि ललाई फकाइ गरेर भारतका विभिन्न ठाउँमा लैजाने क्रममा शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीले गड्डाचौकी नाकाबाट उनीहरुको उद्धार गरिएको हो ।

रोजागारीको प्रलोभन देखाएर बाजुरादेखि भारतमा लैजाने क्रममा गड्डाचौकी नाकाबाट बाजुराका ११ महिला तथा बालबालिकाहरुको उद्धार गरिएको शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीले जनाएको छ ।

बाजुराको गौमुलका तीन, बडिमालिका एक, खप्तड छेडेदहका चार, त्रिवेणीका दुई,  बुढीगङ्गाका तीन जना गरी जम्मा आठ महिला चार बालक गरी एघार जनाको उद्धार गरिएको शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीका सुपरभाईजर मनिसा न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतमा राम्रो नौकरी दिलाई दिन्छु भन्ने आश देखाएर उनीहरुलाई घरदेखि भारतमा लैजाने क्रममा सोधपुछ गर्दा ती महिला र बालकको उद्धार गरिएको हो ।”

अहिले उनीहरुलाई प्रहरी प्रशासनको सहगयोगमा आफन्तकोमा जिम्मा लगाइदिएको सुपरभाईजनर न्यौपानेले बताउनुभयो ।

बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बडिमालिका बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिका अधिकांश स्थानीय कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गर्दछन् ।

अभिभावक भारतमा गएको सिको बालबलिकाहरुले गर्दै गएपछि उनीहरु मानव बेचबिखनमा पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल