लघुवित्त संस्थाको सङ्ख्या घट्ने क्रम जारी

काठमाडौँ, असार १६ गते : लघुवित्त संस्थाको सङ्ख्या घट्ने क्रम जारी रहेको छ । असार महिनाभित्र चार वटा लघुवित्त संस्था एकआपसमा गाभिएर दुई वटामा कायम हुने भएका छन् । समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिसन) गरेपश्चात् असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थालाई […]

प्रदेशको बजेट बहुमतबाट पारित

हेटौँडा, असार १५ गते  : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बागमती प्रदेश सभाबाट बहुमतले पारित भएको छ । प्रदेश सभाबाट बजेट पारित भएसँगै प्रदेश सरकारलाई आव २०८१/८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट खर्च गर्ने बाटो खुलेको छ । प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पेस गर्नुभएको विनियोजन […]

एसइईमा अनुत्तिर्ण सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षाको मौका

काठमाडौँ : विहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अनुत्तिर्ण सबै परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार यस बारेमा निर्णय गरेर कार्यान्वयनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ । मन्त्रालयका अनुसार दुईभन्दा बढी विषयमा एनजी आएका परीक्षार्थीलाई पनि ग्रेडवृद्धि परीक्षामा बस्न पाउने व्यवस्था गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन […]

कैलालीमा पन्ध्र विद्यालयको नतिजा शुन्य

टीकापुर  : माध्यामिक शिक्षा परीक्षा (एसइई) मा कैलालीका पन्ध्र वटा विद्यालयको नतिजा शून्य आएको छ । सबैभन्दा बढी भजनी नगरपालिकाका पाँच वटा विद्यालयको नतिजा शुन्य छ । भजनीका राष्ट्रिय मावि पल्टुपुरबाट ३२ जना, महेन्द्र मावि पगियापसारबाट ३१ जना, सरस्वती मावि नवलपुरबाट २४ जना, राष्ट्रिय मावि महादेउलीबाट २४ जना, र राष्ट्रिय मावि ढुसीबाट २० जनाले एसइई परीक्षा […]

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

तम्घास, असार १५ गते: गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका भेषबहादुर कामीको घरमा पहिरो खस्दा  दुई तले जस्ताले छाएको घर पुरिएको र घरमा रहेका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पहिरोमा परी अन्दाजी ५५ […]

नागार्जुनको पञ्चाली भैरव मन्दिर

रानीवन, असार १५ गते : काठमाडौँको नागार्जुन नगरपालिका १ रानीवनमा अवस्थित छ पञ्चाली भैरव मन्दिर । यो मन्दिर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको नागार्जुनको फूलबारी अर्थात् ककनी जाने बाटोको बायाँतर्फ राष्ट्रिय निकुञ्जको प्रवेशवरबाट आफ्नो निजी सवारी साधनबाट जाँदा केही दुरीको घना जङ्गलमा अवस्थित रहेको छ। मन्दिर भित्र ११ वटा विभिन्न देव देवताको शिलाको मध्य भागमा रहेको कालो […]

नेकपा एस महाधिवेशनः सर्वसम्मत नेतृत्व चयनको प्रयास

काठमाडौँ, असार  १४ गते : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्क्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ । राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय […]

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

सुर्खेत असार १४ गते :  कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताउनुभयो । उहाँले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र […]

दलित समुदायले कर्मकाण्ड तालिम लिँदै

तनहुँ, असार १४ गते :  नेपाली समाजमा जकडिएर रहेको जातीय छुवाछूतले गर्दा तनहुँका दलित समुदायले कर्मकाण्ड र पूजापाठमा पुरोहित नपाउने पीडामा रहेका छन् । ब्राह्मण नआउँदा पूजापाठ, जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेका छन् । धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणको अभाव हुन थालेपछि दलित समुदाय आफैँ वैदिक ज्ञान आर्जन गरेर पुरोहित बन्न […]

झमेलाबाट बच्न थ्रो अवे इमेल

कुनै सामग्री अनलाइनमा पढ्न वा सेवा लिन विद्युतीय हुलाक अर्थात् इमेल ठेगाना अनिवार्य जस्तै भएको छ । के तपाईंलाई सम्झना छ इमेल ठेगाना दिनुपर्ने भएकाले तपाईंले कुनै सेवा नलिएर कुनै वेबसाइट बन्द गरेको ? हो प्रायः मानिस आफ्नो इमेल ठेगाना जहाँ पायो त्यहीँ राख्दा झन्झटमा परिने डरका साथै अनावश्यक सामग्रीले इनबक्स भरिने कुराले हत्तपत्त जुनसुकै वेबसाइटमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल