Alliancekhabar

मंगलबार, भाद्र ११, २०८१

तानसेन, भदौ ११ गते : राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक भगवती मन्दिरको दर्शनसहित रथ यात्राको अवलोकन गर्नुभएको छ । मङ्गलबार तानसेनमा निकालिएको भगवती रथयात्राको राष्ट्रपति पौडेलसहित रक्षामन्त्री मानवीर राई, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलगायतले दर्शन गर्नुभएको छ ।

वि.स. १८७७ सालदेखि सञ्चालन भएको भवगती रथयात्रा हालसम्म पनि निरन्तर कायम छ । वि.स. १८७१–०७२ मा नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली फौजले जितगढी किल्लामा विजयी हासिल गरेपछि रथयात्रा (खटयात्रा) गर्ने प्रचलन सुरु भएको हो ।

तत्कालीन नेपाली सेनाका कर्णेल उजिरसिंह थापाले युद्धमा विजयी भए भगवतीको महिमा फैलाउने भाकल गर्नुभएको थियो । सोही बेलादेखि आफ्नो मनोकामना पूरा भएको भन्दै कर्णेल थापाले भगवती रथयात्रा गर्ने प्रचलनको प्रारम्भ गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले भगवती मन्दिरको दर्शन, पूजा गर्नुका साथै रथयात्रा अवलोकन गर्नुभयो । राष्ट्रपति पौडेलले भगवती जात्राको ऐतिहासिक र सांस्कृतिक महत्व विशिष्ट रहेको उल्लेख गर्नुभयो । भगवती रथयात्राले नेपालको इतिहास बोकेको र यसलाई राष्ट्रिय पर्वको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वि.स. १९९० सालमा आएको भूकम्प अघि तीन तले रहेको भगवतीको मन्दिर पुनर्निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । भगवती रथयात्रामा विभिन्न देशसहित स्वदेशका विभिन्न स्थानबाट भक्तजन सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ