ओखलढुङ्गा, भदौ १३ गते : ओखलढुङ्गामा बलात्कार आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । दुई जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको हो । एक १२ वर्षीया र अर्की १४ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा १८ वर्ष उमेरका दुई जना किशोरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो […]
काठमाडौँ, भदौ १३ गते : काठमाडौँको चाबहिल र स्वयम्भूबाटबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट घर भई काठमाडौँको चाबहिल बस्ने २८ वर्षीय सन्तोष फुयाँल, मकवानपुर घर भई हाल स्वयम्भू बस्ने ३० वर्षीय सूर्य बहादुर स्याङ्तानलाई चाबहिलबाट र पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट प्रहरीले पक्राउ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाँउबाट धन प्राप्त होला । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै […]
बाजुरा, भदौ १२ गते । बाजुराका अधिकांश किसानले पछिल्लो समय फलफूल खेतीलाई व्यावसायिक रुपमा लिन थालेका छन् । यहाँ उत्पादन हुने स्याउ, सुन्तला, किवी, आँप, ओखर, कागतीलगायतका फलफूल खेतीले आयआर्जनमा थप टेवा पुग्ने सम्भाना देखिको भन्दै उनीहरुले पछिल्लो समय फलफूल खेतीलाई व्यवसायकै रुपमा लिन थालेका हुन् । स्याउ खेतीका लागि यहाँको माटो र हावापानी राम्रो […]
काठमाडौँ, भदौ १२ गते । कुनैबेला हप्ता नबिराइ ‘लोडसेडिङ’को तालिका परिवर्तन हुन्थ्यो । उस्तै परे सातामा नै दुई पटक तालिका बदलिन्थे । कहिले बिजुली आउला भन्दै बस्नुपर्ने बाध्यता आममानिसमा थियो । अँध्यारोसँगै जनजीवन चलाउनुपर्दा मुलुकको अर्थतन्त्र पनि त्यस्तै सुस्त थियो । औद्योगिक वातावरण थिएन । मानिसमा आशा थिएन, केबल निराशा थियो । लोडसेडिङको तालिका मात्रै […]
काठमाडौँ, भदौ १२ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को निर्वाचनको पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । मङ्ललबार राती आएको मत परिणाम अनुसार महिला उपाध्यक्षमा जयन्ती राई विजयी हुनुभएको छ । उहाँले १८९ मत ल्याएर विजयी हुनुभयो । उहाँले राजकुमारी झाक्रीलाई पराजित गर्नुभएको हो । झाक्रीले ११२ मत ल्याउनुभयो । त्यस्तै, मधेश समुदायको उपाध्यक्षमा धर्मनाथप्रसाद […]
१. नेपाल राष्ट्र बैङ्कद्वारा विसं २०८१ भाद्र २ मा सार्वजनिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा विप्रेषण आप्रवाह कति भयो ? रु. १४ खर्ब ४५ अर्ब ३२ करोड – अघिल्लो आवको तुलनामा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ । – राष्ट्र बैङ्कद्वारा सार्वजनिक आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक […]
रामेछाप, भदौ १२ गते । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोरकपुरस्थित लेक खर्क पहिरोमा परी बेपत्ता भएकामध्ये एक महिलाको बायाँ खुट्टाको पैतालाको भाग भेटिएको छ । गत शनिबार राती लेक खर्क पहिरोमा बेपत्ता रहेका तीन जनामध्ये एक महिलाको बायाँ खुट्टाको गोली गाँठा मुनिको पैताला जिल्लाको सुनापति गाउँपालिका–४ खानि खोलो किनारमा मङ्गलबार भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले […]
काठमाडौँ, भदौ १२ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा आज देशभर आंशिकदेखि साधारणतया बदली रहने उल्लेख गरको छ । म कोशी, मधेश, बागमती र […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । परिवारमा असमझदारी बढ्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल […]