काठमाडौँ, असार १४ गते : रोजगारीको खोजीमा दैनिक औसतमा दुई हजार युवा विदेश गइरहेका बेलामा नेपालमा भने विदेशी उच्च दक्ष जनशक्ति आएर काम गरिररहेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सरकारले दुई हजार ३३६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ । नेपालमा उच्च दक्ष […]
मेष– व्यापार व्यवशायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । वृष– आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । […]
काठमाडौँ, असार १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो । उहाँले विभिन्न समयमा स्वास्थ्यकर्मीहरूमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै स्वास्थ्यकर्मीहरू माथिको त्यस्तो […]
काठमाडौँ, असार १३ गते । संसदको सहकारी छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने तत्कालीन समयमा मालिक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको विवरण माग गरेको छ । सिंहदरबारमा बुधबार बसेको बैठकले समितिले गोर्खा मिडियाको कागजात माग गर्ने निर्णय गरेको समिति सदस्य बद्री पाण्डेले बताएका छन् । समितिले लामिछाने जोडिएको […]
काठमाडौँ, असार १३ गते । बैकिङकसुरका मुद्दाका फरार प्रतिवादी ३६ वर्षीय अनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगंज महानगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । फरार रहेका गुप्तालाई प्रहरीले काठमाडौंको बल्खुबाट पक्राउ गरेको जनाएको छ । गुप्तालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त […]
काठमाडौँ, असार १३ गते । कपिलवस्तु, नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गुप्ताले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा […]
मुगु, असार १३ गते : जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिकाले बुधबार भएको १५ औं नगरसभामा नगर उपप्रमुख ऐश्वर्य मल्ल शाहीले आर्थिक वर्ष २०८१–८२ का लागि ६० करोड २६ लाख ७१ हजार नौंसय २९ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । उहाँका अनुसार पुँजीगततर्फ ३१ करोड १४ लाख ३० हजार र चालुतर्फ २९ करोड ११ लाख ७० हजार बजेट […]
विराटनगर, असार १३ गते : मङ्गलबार रातिदेखि सुरु भएको वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । डुबानका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ । पछिल्लो सात घण्टा विराटनगरमा लगातार भीषण वर्षा भएको थियो । पानीको निकास नहुँदा सहर र नगरका ग्रामीण क्षेत्रमा पानी जमेको छ । बस्ती क्षेत्रमा जमेको पानीले पक्का घरभित्र पानी पसेको […]
रामेछाप, असार १३ गते : रामेछाप जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल थानापति महादेव मन्दिर परिसरमा यो वर्ष विभिन्न पूर्वाधार निर्माण गरिएको छ । सडक सञ्जाल र अन्य पूर्वाधार निर्माण भएपछि विशेष पर्वमा मात्रै नभई दैनिक रूपमा यो मन्दिर दर्शन गर्ने र घुम्नका लागि आउनेको सङ्ख्या बढ्दो छ । मन्थली नगरपालिका–९, पुरानागाउँ बाहुनचुरास्थित अग्लो पहाडको टुप्पोमा रहेको थानापति […]
खजुरा, असार १३ गते : जिल्ला प्रहरी कार्यालय बाँकेले प्राचीन बुद्धको मूर्तिसहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । बाँके प्रहरीले राप्तीसोनारी गाउँपालिका वडा नं. ८ ढकेरी शम्सेरगन्जस्थित सडक खण्डबाट मङ्गलबार दिउँसो बुद्धको मूर्तिसहित उक्त कार्यमा संलग्न तिलोत्तमा नगरपालिका वडा नं. ११ रुपन्देहीका ५० वर्षीय खिमबहादुर कुवर, सोही ठेगानाका ५० वर्षीय रामु न्यौपाने र घोराही […]