alliance khabar

बुधबार, भाद्र १२, २०८१

बाजुरा, भदौ १२ गते ।

बाजुराका अधिकांश किसानले पछिल्लो समय फलफूल खेतीलाई व्यावसायिक रुपमा लिन थालेका छन् ।

यहाँ उत्पादन हुने स्याउ, सुन्तला, किवी, आँप, ओखर, कागतीलगायतका फलफूल खेतीले आयआर्जनमा थप टेवा पुग्ने सम्भाना देखिको भन्दै उनीहरुले पछिल्लो समय फलफूल खेतीलाई व्यवसायकै रुपमा लिन थालेका हुन् ।

स्याउ खेतीका लागि यहाँको माटो र हावापानी राम्रो रहेकाले पछिल्लो समय किसान फलफूल खेतीतर्फ आकर्षित बन्दै गएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

पहिला स्थानीय जातको मात्र स्याउ उत्पादन हुन्थ्यो । अहिले कृषि ज्ञान केन्द्रले साइबेरियामा उत्पादन हुने गरेको गोल्डेन गाला, फुँजी स्याउको बोट मनाङगबाट ल्याएर रोप्न सुरु गरेसँगै बाजुरामा अहिले नयाँ जातको स्याउ उत्पादन हुन थालेको छ ।

बाजुरामा नयाँ जातको स्याउ राम्रो उत्पादन हुने गरेको यहाँका किसान बताउँछन् । बाजुरामा स्याउ राम्रो उत्पादन हुन थालेपछि आफुले यसलाई व्यवसायको रुपमा लिन थालेको स्वामिकार्तिक खापर गाउँपालिका –१ जोरुका स्याउ किसान धनबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्याउ खेती जिविकोपार्जनमा निकै सहज देखेपछि अहिले झण्डै सात सय रोपनीमा स्याउ खेती गरेको छु । ती स्याउ यती बेला राम्रोसँग फलेका छन् ।”

स्याउ, सुन्ताला, आँप, ओखर र कागतीलगायतका फलफूललाई स्थानीय सरकारले बजारसम्म बिक्री गर्नका लागि अनुदानको व्यवस्था गर्दै आएपछि अहिले यहाँका किसान फलफूल खेती व्यवसायमा लाग्न थालेको रावलले बताउनुभयो ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिमा स्याउ खेतीका लागि माटो तथा हावापानी निकै राम्रो भएकाले पछिल्लो समय किसानलाई स्याउ खेतीतर्फ आकृषित गर्दै आएको अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्न्नुभयो, “गाउँपालिकाले यहाँको बाँझो रहेको जमिनमा पनि स्याउँ खेती गर्ने अभियान सुरु गरेको छ । त्यसका लागि यहाँका किसानलाई नयाँ जातको स्याउको बिरुवा समेत दिने गरेका छौ ।” फलफुल खेतीबारे पहिला यहाँका अधिकांश किसानलाई केही जानकारी नहुँदा स्याउ कम उत्पादन हुने गरेको थियो ।

किसानले उत्पादन गरेका स्याउ गाउँपालिकाले देशका विभिन्न ठाउँमा बिक्री गर्न ढुवानी अनुदानको सहयोग गर्दै आएपछि किसानले स्याउ खेतीलाई व्यवसायको रुपमा लिन थालेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष रोकायाले बताउनुभयो ।

पहिला हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दालगायतका ठाउँमा उत्पादन हुने गरेको स्याउ अहिले बडिमालिका, गौमुल र खप्तड छेडेदहमा पनि हुने गरेको छ । बाजुरामा ३७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेट्रिक्टन स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल