alliance khabar

बुधबार, भाद्र १२, २०८१

रामेछाप, भदौ १२ गते ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोरकपुरस्थित लेक खर्क पहिरोमा परी बेपत्ता भएकामध्ये एक महिलाको बायाँ खुट्टाको पैतालाको भाग भेटिएको छ । गत शनिबार राती लेक खर्क पहिरोमा बेपत्ता रहेका तीन जनामध्ये एक महिलाको बायाँ खुट्टाको गोली गाँठा मुनिको पैताला जिल्लाको सुनापति गाउँपालिका–४ खानि खोलो किनारमा मङ्गलबार भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

रातो नङ पालिस लगाएको महिलाको जस्तो देखिने बायाँ खुट्टाको गोली गाँठा मुनिको पैतालाको भाग फेला परेको र सो पैताला पहिरोमा बेपत्ता हुनुभएको २३ वर्षीया बिन्दा पहरीको भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले बताउनुभयो ।

बिन्दाकी श्रीमान कुमार पहरीले खुट्टाको बुढी औला बाङ्गो र रातो नङ पालिसको आधारमा बेपत्ता बिन्दा पहरी नै हो भनी सनाखत गरी उक्त फेला परेको पैताला आवश्यक कानुनी प्रक्रिया पूरा गरी मङ्गलबार साँझ श्रीमान् कुमारलाई जिम्मा लगाएको उहाँले बताउनुभयो । योसँगै लेक खर्कस्थित पहिरी गाउँ पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आठ जना पुगेको छ ।

गत शनिबार रातीको अविरल वर्षापछि दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेक खर्कको पहरी बस्ती बगाउँदा ११ जना पहिरोमा पुरिएका थिए । जसमध्ये आइतबार बिहान एक जनाको जीवितै उद्धार गरिएको थियो भने ६ जनाको शव निकालिएको थियो ।

सो दिन ३२ वर्षीया चण्डिका थापा मगर र उहाँका १८ महिनाका छोरा आयुष श्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षीय विज्ञान पहरीको शव निकालिएको थियो । सोमबार दिउँसो ७५ वर्षीया पुड्की पहरीको शव भेटिएको थियो । अझै ५५ वर्षीय काले पहरी, ५० वर्षीया झ्याउँकिरी पहरी र पैताला मात्रै भेटिएको २३ वर्षीया बिन्दा पहरीको शरीरको अन्य भागको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल