छ दशक उमेर पार गरिरहेका पशुपति श्रेष्ठ सधै झैँ गत साउन २० गते पनि ‘मर्निङवाक’ का लागि बिहान ५ नबज्दै घरबाट निस्कनुभयो । उहाँले शरीर फुर्तिलो र निरोगी बनाउन ‘मर्निङवाक’ निस्कन थाल्नुभएको पनि बर्सौं भइसकेको थियो । सधैँ त ‘मर्निङवाक’ सकेर सामान्य अवस्थामै घर फर्कने श्रेष्ठलाई त्यो दिन भने जीवनमै नसोचेको दुर्घटना भयो । उहाँ […]
बर्दीबास, असोज ४ गते : नेपालीहरूको महान् चाड दसैँ नजिकिने क्रमसँगै बर्दीबासमा पहिलो पटक सस्तो दसैँबजार लगाउने तयारी गरिएको छ । बर्दीबास उद्योग वाणिज्य सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी असोज १६ देखि २५ गतेसम्म दसैँलक्षित सस्तो बजार लगाउने तयारीमा जुटेको जनाएको छ । पहिलो पटक आयोजना गर्न लागिएको सस्तो दसैँबजारले सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै उपभोक्ता र […]
हेटौँडा, असोज ५ गते : सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा नागरिकको पहुँच वृद्धि गर्न सरकारी कामकाजमा मातृभाषाको प्रयोगमा जोड दिइएको छ । भाषा आयोग काठमाडौँले शुक्रबार आयोजना गरेको ‘सरकारी कामकाजमा मातृभाषा : बहुभाषी शिक्षाको नमुना विकाससम्बन्धी सहजीकरण’ कार्यक्रमका वक्ताले भाषा र लिपिसम्बन्धी विविधतालाई माथि उठाउनुपर्ने भन्दै सरकारी कामकाजमा मातृभाषाको प्रयोगमा जोड दिएका हुन् । […]
संसारभर कोभिड–१९ को कोलाहल मच्चिरहेको समयमा १० औँ हजार वैज्ञानिक, इन्जिनियर, प्राविधिक एउटा चामत्कारिक लाग्ने वैज्ञानिक अन्तरिक्ष अनुसन्धानको परियोजनामा जुटिरहेका थिए । हुन त यो मिसनमा २५ वर्षदेखिको निरन्तरको मेहनतमा यी मानिस पनि निरन्तर जुटिरहेका थिए । यो मिसन थियो, ‘ज्याम्स वेब स्पेस टेलिस्कोप’ । यो अति उच्चस्तरको वैज्ञानिक र इन्जिनियरिङ संयोजन रहेको ‘इन्फ्रारेड टेलिस्कोप’ […]
इनरुवा, असोज ४ गते : सुनसरीको इनरुवा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई साइकल वितरण गरेको छ । नगर क्षेत्रका १० जना छात्रालाई साइकल वितरण गरिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई माथिल्लो कक्षामा पठन सहजताका लागि साइकल वितरण गरेको भण्डारीले बताउनुभयो । […]
नेपालगन्ज, असोज ४ गते : बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर नगरपालिकाकाको नगर अस्पतालमा फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको हो । उहाँले कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउने कार्य […]
पेरिस, असोज ४ गते : अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधीहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् । दशकौंको अनुसन्धानपछि लेकानेमाब र डोनेमाब नामक औषधीहरूले रोगसँग लड्ने पहिलो वास्तविक मौकाको प्रतिनिधित्व गरेको चिकित्सक र औषधी निर्माताहरूको ती औषधीको पक्षधर समूहको दाबी रहेको छ तर आलोचकहरूको लागि, तिनीहरू महङ्गा असफलताहरूको लामो लाइनपछि […]
काठमाडौँ, असोज ४ गते : जल तथा मौसमविज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो । “साताको मध्य र अन्त्यमा […]
दोहा, असोज ४ गते : प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा कतारको दोहा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो १ बजेर ३५ मिनेटमा हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र […]
मेष–विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नजिकका आफन्त टाढिन सक्छन् । वृष–नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। […]