Alliancekhabar

शुक्रबार, आश्विन ०४, २०८१

नेपालगन्ज, असोज ४ गते : बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर नगरपालिकाकाको नगर अस्पतालमा फाइजर बाइभ्यालेन्ट खोप  लगाउन सुरु गरिएको हो ।

उहाँले कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउने कार्य भेरी अस्पतालमा असोज १६ गतेसम्म निरन्तर जारी रहने जनाउँदै सबैले यो अवसरको फाइदा उठाउन आग्रह पनि गर्नुभएको छ । १२ वर्षभन्दा माथिका नागरिकहरुले बुष्टर डोजका रुपमा फाइजर बाइभ्यालेन्ट खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठका अनुसार जिल्लामा ३० हजार डोज फाइजर बाइभ्यालेन्ट खोप आएको छ । उहाँले खोप लगाउने लक्षित वर्गको तुलनामा खोपको मात्रा कम भएपनि प्राप्त खोपलाई प्रभावकारी ढङ्गबाट लगाउने गरि योजना बनाइएको बताउँदै कोरोनाका बिरामी अहिलेपनि देखिरहेकाले सचेत रहनुपर्नेमा जोड दिनुभयो।

कोरोना संक्रमणबाट जोगाउन यो खोप अत्यन्तै प्रभावकारी भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । कोभिड फोकल पर्सन समेत रहनुभएका सूचना अधिकारी श्रेष्ठले गत आर्थिक वर्षमा जिल्लामा १९ जनामा कोभिड संक्रमण देखिएको जनाउँदै भेरी अस्पतालमा अहिले पनि कोभिडका बिरामीहरु आइरहेको अस्पतालले जनाएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार अघिल्लो मात्रा लिएको एक वर्ष पूरा भएका १२ वर्ष उमेर माथिका सबै सेवाग्राहीहरु, अघिल्लो मात्रा लिएको एक वर्ष पूरा भएका सबै दीर्घरोगीहरु र फ्रन्टलाइनर स्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुलाई बुस्टर मात्रा लगाइने छ ।

यसैगरी प्रत्येक गर्भवतीको दोस्रो त्रैमासिक समयमा एक मात्रा र १२ वर्ष माथिको उमेर समूहमा एक मात्रा पनि नपाएकाहरुलाई पहिलो एक मात्रा खोप दिइने छ । बुस्टर र थपमात्रा लिन आउनुहुने सेवाग्राहीहरुले पहिले लिएको कोभिड–१९ खोप कार्ड अनिवार्य रुपमा लिएर खोप केन्द्रमा आउन पनि स्वास्थ्य कार्यालयले सेवाग्राहीसँग आग्रह गरेको छ। उता, कोहलपुर नगरपालिकाले पनि नगर अस्पतालसहित पन्ध्र वटै वडामा खोप लगाउने कार्यक्रम राखेको स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल