काठमाडौँ, असोज ३ गते : सरकारले आजदेखि धरहरा सञ्चालनमा ल्याएको छ । गत भदौ २७ गतेको मन्त्रीपरिषद् बैठकले निर्णय गरी आजदेखि धरहरा सञ्चालन गरेको हो । अस्थायी रूपमा नवनिर्मित धरहरा सञ्चालन ल्याएसँगै एक दिनमा अधिकतम पाँच सय जनाले धरहरा चढ्न पाउने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । तत्कालका लागि शुल्क […]
आँधीखोला गाउँपालिका पर्वतको फलेबास र कुस्मा नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, स्याङ्जाको पुतलीबजार, फेदीखोला र अर्जुनचौपारीसँग जोडिएको पालिका हो । पर्यटकीय हिसाबले अगाडि रहेको आँधीखोला साबिकका फापरथुम, सेतीदोभान, चिलाउनेबास, बिचारीचौतारा, बाङसिङ र पञ्चमूलका १, २, ४, ५, ६, ८ र ९ वडा समेटेर बनेको पालिका हो । नेकपा (एमाले) बाट उम्मेदवार बनेर निर्वाचित आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलसँग गरेको […]
भद्रपुर (झापा), असोज ३ गते : आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो । अन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य […]
चितवन, असोज ३ गते : भरतपुर भ्रमण वर्ष पारेर यस क्षेत्रमा नयाँ पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । भरतपुर आउने पर्यटकलाई केन्द्रित गरी पर्यटकीय गतिविधि सञ्चालनमा आएका छन् । असार, साउन, भदौ तीन महिना बर्सातले गर्दा पर्यटकीय गतिविधि गर्नका लागि केही समस्या भए पनि असोज लागेपछि कार्यक्रमले निरन्तरता पाउने दाबी गरिएको छ । भ्रमण वर्ष केन्द्रित गरेर चितवन निकुञ्जको देवनगरमा […]
काठमाडौँ, असोज ३ गते : संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा […]
देउखुरी, असोज २ गते : दाङको लमही–कोइलावास सडक विस्तार गर्दा भौतिक क्षति बेहोर्नुपर्ने भन्दै स्थानीयले घरटहराको समेत मुआब्जा पाउनुपर्ने अडान कायम राखेका छन् । उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरेका उनीहरूले मङ्गलबार पत्रकार सम्मेलन गरेर सडक विस्तार गर्दा भत्किने संरचनाको समेत मुआब्जा दिन माग गरेका हुन् । उच्च अदालत तुलसीपुरले यस विषयमा छलफलका लागि दुवै पक्षलाई आइतबार […]
देउखुरी, असोज २ गते : मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागु गरेर कार्यान्वयन थालेको लुम्बिनी प्रदेश सरकारको मुख्य घटक नेकपा (एमाले) लुम्बिनीको संसदीय दलले प्रदेश सभा सदस्यलाई पनि आचारसंहिता लागु गरेको छ । एमाले प्रदेश सभा संसदीय दलको मङ्गलबार राप्ती उपत्यका देउखुरीमा बसेको बैठकले प्रदेश सभा सदस्यलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको हो । एमाले प्रदेश सभा सदस्यको विधान, […]
बैतडी, असोज २ गते : उपचार गर्न आएका बिरामीलाई एक मिनेटभित्र सेवा दिन गेटमा सिसी क्यामरासहित दोहोरो संवाद गर्ने साइरन जडान गरिएको छ । क्यामराले बिरामी देख्नेबित्तिकै साइरन बजाएपछि स्वास्थ्यकर्मी दगुर्दै गेटमै आइपुग्ने गरेका छन् । निःशुल्क प्रयोगशाला सञ्चालन गरेर १३ वटा रोगको गाउँमै उपचार हुन थालेको छ । यी सबै कामको तथ्याङ्क राख्न रजिस्टर होइन, उपकरण (डिभाइस) […]
वालिङ, असोज २ गते : स्याङ्जाको वालिङमा रहेको इलाका प्रशासन कार्यालयले राहदानीका लागि फाराम भर्ने प्रक्रिया कार्यालयभित्रबाटै सहज रूपमा गर्न सकिने व्यवस्था गरेको छ । सेवाग्राहीले राहदानीको फाराम कार्यालयभित्रबाट भर्न पाउने छन् भने फोटोकपी, इमेललगायतका सुविधा कर्मचारीको सहयोगमा लिन पाउने छन् । निःशुल्क सेवा लिन पाएपछि वालिङ, गल्याङ, चापाकोट, भिरकोट, हरिनासलगायत सेवा क्षेत्रका सेवाग्राहीलाई प्रत्यक्ष फाइदा पुगेको छ । […]
हिले, असोज २ गते : सूर्योदयको दृश्यावलोकनका लागि धनकुटाको साँगुरीगढी गाउँपालिका–५, डाँडाबजारस्थित ध्वजेडाँडालाई इलामको अन्तुसँग तुलना गर्ने गरिन्छ । समुद्र सतहबाट दुई हजार ४७ मिटरको उचाइमा रहेको यो डाँडा महाभारत पर्वत शृङ्खला अन्तर्गत यस क्षेत्रको दोस्रो अग्लो डाँडा हो । खास गरी यो सिजनमा सूर्योदयको मनोरम दृश्य हेर्न आसपासका पर्यटक यहाँसम्म पुग्ने गरेका छन् । अन्तु र ध्वजेडाँडा दुवै […]