काठमाडौँ, असोज १३ गते : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आह्वान गर्नुभएको थियो । नेपाल सरकारले […]
वराहक्षेत्र, असोज १३ गते : अविरल वर्षाका कारण सप्तकोसी नदीको चिलैया टापुमा शनिवार बिहानदेखि फसेकाहरू सकुशल रहेको बताइएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका २ बालचनखोरिया, ठाकुर बारी र राजाबासको नदी क्षेत्रमा गोठ राखेर बसेका पशुपालन कृषकहरू सकुशल रहेको प्रहरीले जनाएको छ । बालचनखोरिया क्षेत्रमा फसेकाहरूको उद्धारको लागि नेपाली सेनाको टोली आइतबार बिहानै बोट लिएर गएको वराहक्षेत्र […]
सुलीकोट, असोज १३ गते : उत्तरी गोरखाको लापुबेंसीबाट काठमाडौँको लागि छुटेको बस सम्पर्कविहीन भएको छ । शुक्रवार बिहान गोरखाको लापुबेंसीबाट काठमाडौँको लागि छुटेको ना ४ ख २२७० नम्बरको बस राती १० बजेसम्म धादिङको खानीखोलासम्म सम्पर्कमा आएको त्यसपछि अहिलेसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौंदी यातायात कम्पनीका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रवार बिहान ७ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केहि अल्छीपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्न […]
काठमाडौँ, असोज १२ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएको छ । केही दिनदेखि देशभर भइरहेको अविरल रुपमा भएको वर्षा र सोका कारण सञ्चार पूर्वाधार क्षेत्रमा भएको क्षति विवरण र पूर्वाधारको पुनःसञ्चालन सम्बन्धमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा […]
वराहक्षेत्र, असोज १२ गते । सप्तकोसी नदीमा ५६ वर्ष यताकै पानीको बहाव उच्च मापन गरिएको छ । कोशीमा सन् १९६८ यताकै पानीको बहाव उच्च मापन गरिएको हो । पाँच दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढ्दै गएको छ । शनिबार राति ९ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ५ लाख ९५ हजार […]
काठमाडौँ, असोज १२ गते । देशव्यापीरूपमा परेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुवानका कारण धेरैजनाको ज्यान गएको छ । यसपटक राजधानी काठमाडौँ उपत्यका पनि निकै प्रभावित भयो । यहाँ अधिकांश नदी तटीय क्षेत्र जलमग्न छन् । बागमती, विष्णुमती, हनुमन्ते, बल्खु, नख्खुलगायत खोलामा […]
Highway Update: १. काठमाडौं – चितवन सडक: बन्द २. काठमाडौं – सिन्धुली सडक: बन्द ३. मुग्लिङ – पोखरा सडक: बन्द ४. चितवन – बुटवल सडक: बन्द ५. काभ्रे – दोलखा सडक: बन्द ६. बेनी – मुस्ताङ सडक: बन्द ७. कैलाली – बझाङ बाजुरा सडक: बन्द ८. झापा – ईलाम सडक: बन्द
सुर्खेत, असोज १२ गते : यस वर्ष कर्णालीमा २५ हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको छ । सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयले २५ हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेकाले यस वर्ष प्रदेशमा खाद्यान्न अभाव नहुने जनाएको छ । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुर्खेतमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा […]
काठमाडौँ, असोज १२ गते : निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन भने अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ । आज विहान जजिरा एयरको विमान […]