Alliancekhabar

आइतबार, आश्विन १३, २०८१

वराहक्षेत्र, असोज १३ गते : अविरल वर्षाका कारण सप्तकोसी नदीको चिलैया टापुमा शनिवार बिहानदेखि फसेकाहरू सकुशल रहेको बताइएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका २ बालचनखोरिया, ठाकुर बारी र राजाबासको  नदी क्षेत्रमा गोठ राखेर बसेका पशुपालन कृषकहरू सकुशल रहेको प्रहरीले जनाएको छ ।

बालचनखोरिया क्षेत्रमा फसेकाहरूको उद्धारको लागि नेपाली सेनाको टोली आइतबार बिहानै बोट लिएर गएको वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विकास राईका अनुसार नदीमा फसेका २५ जना कृषकहरू सकुशलै  रहेका छन् । उनीहरू आफन्तको सम्पर्कमा रहेको उहाँले जानकारी दिनु भयो । नदीमा आइतबार बिहानदेखि नै पानीको बहाव घट्दै गएपछि अवस्था सहज हुँदै गएको हो ।

टापुमा फसेका वराहक्षेत्र २ का पाँच जना, र वराहक्षेत्र छ ठाकुर बारी क्षेत्रका का १५ जना सकुशल रहेको प्रहरी निरीक्षक राईले बताउनु भयो । वराहक्षेत्र ९ को राजावास नदी क्षेत्रको टापुमा फसेकाहरु पनि सकुशल रहेको प्रहरीले जनाएका छ । नदीको बिच भागमा गोठ राखेर बसेका कृषकहरू डुङ्गा लिएर आफै नदी वारपार गर्दै आएका थिए । कृषकहरू टापुमा छाडा चरिचरण हुने भएकाले वर्षौँदेखि पशुको गोठ राखेर चरीचरण गर्दै आएका छन् ।

शनिवार नदीको बिच भागमा फसेका कृषकहरूको उद्धार गर्न सबै प्रयास गरिए पनि प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको थिएन । वराहक्षेत्र नगरपालिका ६ चिलैया र ९ को टापु क्षेत्रमा गोठ राखेर बसेका पशुपालन कृषकहरू सप्तकोसी नदीको बिच भङ्गालोमा फसेका थिए । उद्धार गर्न बोट जान नसकेपछि हेलिकप्टर मगाए पनि प्रतिकूल मौसमको कारण आउन सकेको थिएन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल