दोलखा, कात्तिक ४ गते । दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पा बढी पानी पर्ने स्थानका रूपमा परिचित छ । यस ठाउँलाई पहिरो जान सक्ने अति जोखिमका रूपमा राखेर भीमेश्वर नगरपालिकाबाट पहिरो एप ‘अलर्ट भीमेश्वर’ जडान गरिएको छ । तयार पारिएको एप जडान गरेका कारण आफ्नो वडावासीलाई पानीको मात्रा र पहिरो जान सक्ने अवस्थाबारे सुसूचित गराउन सकिएको वडा नं. १ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । वृष […]
क्यानबेरा (अस्ट्रेलिया), कात्तिक २ गते : अस्ट्रेलिया सरकारले कार्ड भुक्तानी अधिभार शुल्कमा क्र्याकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिज, कोषाध्यक्ष जिम चाल्मर्स र वित्त मन्त्री स्टिफन जोन्सले सरकार केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) द्वारा थप कामको अधीनमा २०२६ बाट बिक्री बिन्दुमा डेबिट कार्ड अधिभार शुल्क प्रतिबन्ध गर्न तयार रहेको घोषणा गर्नुभयो । अस्ट्रेलियालीहरूले […]
बाजुरा, कात्तिक २ गते : बाजुराको साँफे मार्तडी सडक अन्तर्गत बार्जुगाडदेखि मार्तडी सडकको मर्मत भएसँगै आवतजावतमा सहजता आएको छ । यस सडकमा खाल्टाखुल्टी भएकाले पछिल्लो समय यहाँ चल्ने सवारीसाधन र यात्रीले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले सडकमा भएको खाल्टाखुल्टी पुर्ने गरी सडक डिभिजन कार्यालय अछामले मर्मत कार्य अगाडि बढाएपछि यहाँ चल्ने सवारीसाधनलाई आवतजावतमा सहजता […]
सुर्खेत, कात्तिक २ गते : चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याउने गरी २२४ योजनाको ठेक्का सम्झौता गरिएको छ । स्रोत सुनिश्चितता गरेर बहुवर्षीय योजनाका रूपमा २२४ योजनाको सम्झौता गरिएको हो । यो वर्ष कर्णाली प्रदेश सरकारका ३५० योजनाको स्रोत सुनिश्चितता भएर ठेक्का सम्झौता हुने छन् । हालसम्म २२४ योजनाको ठेक्का सम्झौता गरिएको छ भने १२६ योजना […]
काठमाडौँ, कात्तिक २ गते : सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला रु दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ६२ हजार चार सयमा कारोबार भएको […]
रामेछाप, कात्तिक २ गते : आज पाँचौँ दिन पनि मन्थली–लुक्ला उडान हुन सकेको छैन । गत सोमबारदेखि मन्थलीमा रोकिएका धेरै पर्यटक अझै मौसम खुल्ने र लुक्ला उडान हुने प्रतीक्षामा छन् । तर आज झन् रामेछापको मन्थली विमानस्थलकै मौसम खराब भएपछि लुक्ला उडान हुने आशामा रहेका पर्यटकहरू थप निराश भएका छन् । आज बिहानदेखि बिग्रिएको रामेछापको मौसम […]
काठमाडौँ, कात्तिक २ गते : मौसम परिवर्तनसँगै विभिन्न सङ्क्रमणजन्य तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो सयम कान्ति बाल अस्पतालमा विभिन्न स्वास्थ्य समस्या भएर आउने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । अस्पतालका सूचना अधिकृत रमेश नर्सिङ केसीले अस्पतालमा डेंगु र निमोनियाका बिरामीको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो । हाल अस्पतालमा १४ जना डेंगुका बिरामी अस्पतालमा उपचाररत छन् । […]
गुल्मी, कात्तिक १ गते : गुल्मीका दुई स्थानीय तहले आज (बिहीबार) सार्वजनिक बिदा दिएका छन् । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये यहाँका दुई गाउँपालिकाले कोजाग्रत पूर्णिमाको अवसर पारेर सार्वजनिक बिदा दिएका हुन् । यस जिल्लाको पश्चिम ग्रामीण भेगको मालिका गाउँपालिका र धुर्कोट गाउँपालिकाले आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का अवसरमा कार्यपालिकाको […]
गलकोट (बागलुङ), कात्तिक १ गते : जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्य वस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् । सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु सात […]