तुलसीपुर, कात्तिक २९ गते : राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगले बुधबार तुलसीपुरमा आयोजना गरेको सूचनाको हक कार्यान्वयनमा स्थानीय तहको भूमिकाको महत्व विषयक कार्यक्रममा उहाँले सार्वजनिक निकायबाट समयमै सूचना उपलब्ध हुन सके समाजमा गलत सूचना प्रवाह नहुने बताउनुभयो । प्रमुख आयुक्त महेन्द्रमान […]
झापा, कात्तिक २९ गते : आगामी मङ्सिर १६ गते कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको सरगार्मी उक्त वडामा ह्वात्तै बढेको छ । । निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेवारको मनोनयन हुनेछ । क्रियाशील दलहरुले आफ्नोतर्फबाट बन्ने उम्मेदवारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार […]
काठमाडौँ, कात्तिक २९ गते : अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले बुधवार फ्लोरिडा राज्यका रिपब्लिकन अमेरिकी सिनेटर मार्को रुबियो आफ्नो दोस्रो राष्ट्रपतिको कार्यकालमा विदेश मन्त्री हुने घोषणा गर्नुभएको छ । फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई संयुक्त राज्य अमेरिकाको विदेश सचिवमा मनोनीत गरिएको घोषणा गर्न पाउनु आफ्नो लागि ठुलो सम्मानको कुरा भएको ट्रम्पले बताउनुभएको छ । ट्रम्पको घोषणासँगै […]
काठमाडौँ, कात्तिक २९ गते : एक वर्षभन्दा बढी समय लागतका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन गरिएको छ । अर्थ मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१ ले स्रोत उपलब्धताका आधारमा मन्त्रालयले पुसभित्र निर्णय गरेर राष्ट्रिय योजना आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो । २०८० सालमा कार्यान्वयनमा ल्याइएको […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेमको बन्धनमा कसिनेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ […]
कञ्चनपुर, कात्तिक २८ गते : उत्तरी धु्रवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ । साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) का सदस्य हिरुलाल डगौराले बताउनुभयो । कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ«े हाँस, खरखरे हाँस, […]
चितवन, कात्तिक २८ गते : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले आफ्नो विस्तारित सेवा सुरु गरेको छ । क्यान्सरसम्बन्धी सामान्य परीक्षण, पुनः परीक्षण तथा विशेषज्ञसँग छलफल तथा अन्य सेवाका लागि भरतपुर आउनुपर्ने बाध्यता हटाउन अस्पतालले विस्तारित सेवा सुरु गरेको हो । क्यान्सरको सामान्य जानकारी लिन, परामर्श गर्न, चिकित्सकलाई देखाएर औषधी खानलगायतका समस्या समाधान गर्न नजिकैको अस्पतालमा […]
तानसेन, कात्तिक २८ गते : भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको रकम हिनामिनामा संलग्न जोकोही भए पनि कारबाहीमा पर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले बुधबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले सहकारीको रकम हिनामिना गर्ने मानिसलाई सरकारले कानुनअनुसार कारबाही गरेरै छाड्ने बताउनुभयो । उहाँले कानुन […]
हेटौँडा, कात्तिक २८ गते : बागमती प्रदेश सरकारले पुनः मन्त्रालय फुटाएर १४ वटा बनाएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले १३ वटा मन्त्रालय रहेकोमा अब १४ वटा बनाउने निर्णय गरेको हो । यो निर्णयसँगै आर्थिक मितव्ययिताको प्रतिबद्धतासहित बनेको नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनको सरकारले विरोधका बिच मन्त्रालय टुव्रmाएर […]
गैँडाकोट, कात्तिक २८ गते : पूर्वपश्चिम राजमार्गको गैँडाकोट नगरपालिका सुगम र विकसित पालिकाका रूपमा रहे पनि यहाँको मुख्य राजमार्गबाट १० किलोमिटर उत्तरमा रहेको ढोँडेनीगाउँमा अझै खानेपानी पुगेको छैन । गैँडाकोट नगरपालिका–३, ढोँडेनीगाउँका चार सय घरपरिवार बर्सौंदेखि खानेपानी सुविधाबाट वञ्चित छन् । त्यहाँका चार सय घरपरिवारका झन्डै दुई हजार स्थानीय शुद्ध खानेपानीबाट वञ्चित हुनु परेको गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष […]