Alliancekhabar

बुधबार, कार्तिक २८, २०८१

गैँडाकोट, कात्तिक २८ गते : पूर्वपश्चिम राजमार्गको गैँडाकोट नगरपालिका सुगम र विकसित पालिकाका रूपमा रहे पनि यहाँको मुख्य राजमार्गबाट १० किलोमिटर उत्तरमा रहेको ढोँडेनीगाउँमा अझै खानेपानी पुगेको छैन । गैँडाकोट नगरपालिका–३, ढोँडेनीगाउँका चार सय घरपरिवार बर्सौंदेखि खानेपानी सुविधाबाट वञ्चित छन् । त्यहाँका चार सय घरपरिवारका झन्डै दुई हजार स्थानीय शुद्ध खानेपानीबाट वञ्चित हुनु परेको गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो ।

नगरपालिका–३ र १८ मा सबैभन्दा मुख्य समस्या भनेको खानेपानी नै हो । अहिले वडा नं. ३ ढोँडेनीगाउँ भएर कालीगण्डकी कोरिडोर निर्माण भई यातायातसमेत सञ्चालन हुने गरेको छ । धेरै टाढाबाट पानी ल्याउन बजेटको समस्या भएकैले यहाँका बासिन्दाले शुद्ध खानेपानी पिउन नपाएको वडाध्यक्ष तिवारीले गुनासो गर्नुभयो । गाउँबाट खोलाको मुहान करिब १४ किलोमिटर टाढा रहेको र अहिले पनि अस्थायी पाइप राखेर खानेपानी ल्याइएको छ । धारामा प्रायः पानी नआउने हुँदा शुद्ध खानेपानीबाट यहाँका स्थानीय वञ्चित रहेको स्थानीय समाजसेवी दीपक मगर बताउनुहुन्छ । यहाँबाट खानेपानी योजना सञ्चालनका लागि ११ करोडभन्दा बढी रकम आवश्यक पर्ने भएकाले सो रकम जुटाउन धेरै प्रयास भएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । यस सम्बन्धमा सङ्घीय र गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

चार सय घरपरिवारका करिब दुई हजारको बसोबास रहेको ढोँडेनीगाउँका धेरै जसो बासिन्दा अहिले कुवाको पानी खान बाध्य छन् । धारामा कहिलेकाहीँ पानी आउने गरेको र पानी आउँदा घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यताले हैरानी खेप्नु परेको स्थानीय शिक्षक शम्भु तिवारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल