म्याग्दी, मङ्सिर २ गते : अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् । प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि प्राप्त गरेका अन्नपूर्ण–३ […]
फुङ्लिङ (ताप्लेजुङ), मङ्सिर २ गते : फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् । मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला […]
वराहक्षेत्र, मङ्सिर २ गते : हिउँद लागेसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक पर्यटकको आगमन सुरु भएको छ । अन्य वर्षभन्दा यस वर्ष हिउँदको सुरुवाती समयमै आन्तरिक पर्यटकको आगमन सुरु भएको हो । वर्षा सकिएसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा दैनिक वृद्धि हुँदै गएको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार हिउँदमा बढी […]
काठमाडौं ,मङ्सिर १ गते । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा , नेपाली कांग्रेस कीर्तिपुर नगर समितिका सभापति कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपनिर्वाचन तोकिएको छ । उम्मेदवारी दर्ता आइतबार हुदैछ ।
भैरहवा, मङ्सिर १ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको समृद्धि र विकासका एजेन्डा स्थापित गर्न सफल भएको बताउनुभएको छ । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर मुख्यमन्त्री बिहीबार साँझ स्वदेश फर्किनुभएको हो । उहाँले भन्नुभयो, “सम्मेलनमार्फत लुम्बिनी प्रदेशको विकासको एजेन्डा र भावी योजनाबारे ध्यानाकर्षण गराउन सफल भयौँ । लुम्बिनीमा हुने लगानी सम्मेलनको […]
धम्बोझी, मङ्सिर १ गते । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालगन्जबाट यातायात कार्यालय सर्न लागेको हल्ला मात्र भएको बताउनु भएको छ । नेपालगन्ज उपमहानगरपालिकामा भएको छलफलका क्रममा मन्त्री न्यौपानेले नेपालगन्जमा यातायात कार्यालय सर्ने नभएर कोहलपुरमा सेवा कार्यालय विस्तार गर्न लागिएको बताउनु भयो । उहाँले भन्नु भयो,‘यो हल्ला कसरी आयो मलाई […]
घोराही, मङ्सिर १ गते । दाङमा नदीजन्य पदार्थ उत्खननका लागि ३१ स्थानमा सिफारिस गरिएको छ । जिल्ला अनुगमन समितिले बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिका र गढवा गाउँपालिकामा रहेका विभिन्न घाटको स्थलगत अनुगमन गरी नदीजन्य पदार्थ उत्खननका लागि राष्ट्रपति चुरे तराई मधेश विकास समितिलाई सिफारिस गरेको हो । नदीजन्य पदार्थ उत्खननका लागि सम्बन्धित पालिकाले घाटहरूमा प्रारम्भिक […]
बुटवल, मङ्सिर १ गते । रुपन्देहीको गैँडहवा गाउँपालिका–९, सुखौली र किसुली गाउँ जोड्ने इन्गुरिया खोलामा पुल निर्माण भएपछि स्थानीयलाई ठुलो सुविधा पुगेको छ । पुल निर्माण सम्पन्न भएपछि स्थानीय गैँडहवा गाउँपालिका र सैनामैना नगरपालिकाका हजारौँ किसानलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउन सुविधा पुगेको छ । स्थानीय कृषकले उत्पादन गरेको तरकारी बुटवल पु¥याउन पुल नहुँदा चार/पाँच किलोमिटर घुमेर जानुपर्ने […]
नवलपरासी, मङ्सिर १ गते । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै […]
काठमाडौँ, मङ्सिर १ गते । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली असोज ११ गते भारतको दिल्लीबाट पक्राउ पर्नुभयो । बागलुङ र पोखरामा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारीका अध्यक्षसमेत रहेका नेपाली सोही सहकारीको झन्डै दुई अर्ब रकम हिनामिना गरी गत २०८० जेठ ५ गते फरार थिए […]