alliance khabar

शनिबार, मंसिर ०१, २०८१

भैरहवा, मङ्सिर १ गते ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको समृद्धि र विकासका एजेन्डा स्थापित गर्न सफल भएको बताउनुभएको छ ।

चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर मुख्यमन्त्री बिहीबार साँझ स्वदेश फर्किनुभएको हो । उहाँले भन्नुभयो, “सम्मेलनमार्फत लुम्बिनी प्रदेशको विकासको एजेन्डा र भावी योजनाबारे ध्यानाकर्षण गराउन सफल भयौँ । लुम्बिनीमा हुने लगानी सम्मेलनको वातावरण निर्माणदेखि विदेशी लगानीकर्तालाई आकर्षित गर्ने सवालमा यो भ्रमण ऐतिहासिक रह्यो ।”

उहाँ कात्तिक २६ गते सोमबार त्यसतर्फ जानुभएको थियो । सिचुआन प्रदेशका वैदेशिक विभागका उपमहानिर्देशक पाङग्वाङ ल्याङले तियान्फु विमानस्थल पुगेर मुख्यमन्त्री आचार्यसहितको प्रतिनिधिमण्डलको बिदाइ गर्नुभएको थियो ।

सिचुआन प्रदेश र लुम्बिनी प्रदेशको मितेरी सम्बन्ध स्थापना गर्नेबारेमा योजना बनाउन सफल भएको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिनुभयो । सम्मेलनमार्फत मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशभित्र सिचुवान प्रान्तलगायत कुनै पनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्र्याउन र लगानी सुरक्षित गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नवलपरासीपश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किटसँग जोड्ने योजना कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालनबारे अध्ययनका लागि उहाँले विदेशी लगानीकर्तासमक्ष योजना अघि सार्नुभएको थियो । प्रदेश राजधानी सहर निर्माण आयोजना, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी सहर, राप्ती देउखुरी जोड्न आवश्यक पर्ने सुरुङमार्ग निर्माण, बुद्ध सर्किटमा पर्ने विभिन्न स्थलमा पर्यटन भौतिक पूर्वाधार निर्माण र मोनोरेल निर्माणलगायतका विषयमा ध्यानाकर्षण गराइएको थियो ।

सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपानेलगायत सहभागी हुनुहुन्थ्यो ।

२०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबिच भगिनी सम्बन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शङ्कर पोख्रेलले सिचुआन प्रान्तबिच भगिनी सम्बन्ध कायम गर्नुभएको थियो । कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबिच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ