काठमाडौं ,मङ्सिर १ गते ।
नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा , नेपाली कांग्रेस कीर्तिपुर नगर समितिका सभापति कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपनिर्वाचन तोकिएको छ । उम्मेदवारी दर्ता आइतबार हुदैछ ।
