मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । लगनशील भएर काम गर्नसके […]
नवलपुर, मङ्सिर ११ गते। नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको मुल गेटमा स्थानीयले लगाएको ताला खुलेको छ। विगत एक हप्तादेखि विभिन्न माग सहित संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका स्थानीय र उद्योगको व्यवस्थापन पक्षबिच सहमति भएपछि आन्दोलन स्थगितसँगै उद्योग ग्रामको मुल गेटमा लगाइएको ताला खुलेको हो। मंगलबार ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगन […]
काठमाडौँ, मङ्सिर ११ गते। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ। भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, श्रम र आर्थिक सम्बन्धलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ। उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अरब इमिरेट्सबिच सन् १९७७ मा कूटनीतिक […]
किएभ (युक्रेन), मङसिर ११ गते (एएफपी)। रूसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले मङ्गलबार जनाएको छ। ड्रोन हमलाले युक्रेनी भवनहरू तथा “महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको सेनाले जनाएको छ। पछिल्लो समयमा मस्को र किभले ड्रोन र मिसाइल प्रक्षेपण विस्तार गर्दै आएका छन्, युक्रेनले भर्खरै रूसमा अमेरिकी लामो दूरीका मिसाइलहरू प्रहार गरेको छ भने […]
काठमाडौँ, मङ्सिर ११ गते । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमबार सन्दरीजलस्थित बिपी सङ्ग्रहालयको निरीक्षण गर्नुभएको छ । इजरायल र नेपालबिचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न उहाँले सङ्ग्रहालयको भ्रमण गर्नुभएको हो । यहाँस्थित […]
काठमाडौँ, मङ्सिर ११ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ। सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर […]
काठमाडौं, मङ्सिर ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गर्नुभएको छ । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा मङ्गलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत […]
काठमाडौँ, मंसिर १० गते। नेपालका प्रमुख ठूला ट्रेड युनियनमहासंघहरूको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसीले) ,नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष तथा जेटीयुसिसीका अध्यक्ष योगेन्द्र कुमार कुँवरको अध्यक्षतामा, जमलस्थित राष्ट्रिय नाचघरको सभा हलमा राष्ट्रिय भेला सम्पन्न गरेको छ। भेलामा आउटसोर्स श्रमिकका समस्या ,योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन र श्रम बजारका समसामयिक विषयहरूमा छलफल भएको […]
बैतडी, मङ्सिर १० गते । भारतलगायत नेपालकै बाहिरी जिल्लाबाट भित्रिने तरकारीसँग गाउँको जैविक (अर्गानिक) मल हालेर फलाइएका तरकारीले बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बबेत गाउँका किसान निराश बनेका छन् । बाहिरी जिल्लाबाट भित्रिने टमाटरलगायतका तरकारी लामो समयसम्म नबिग्रने भन्दै बिचौलियाले स्थानीय तरकारीको उचित मूल्य नदिएको किसानले गुनासो गरेका हुन् । दशरथ चन्द नगरपालिका–४, बबेत गाउँकी विमला वडले जैविक […]
काठमाडौँ, मङ्सिर १० गते । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानतर्फको माथिल्लो भाडादरको हवाई टिकट नबेच्ने भएको छ । सरकारको निर्देशन कार्यान्वयन गर्दै निगमले इकोनोमी क्लासको महँगो दरको भाडा हटाएर सस्तो भाडादर मात्र निर्धारण गरिएको निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा हवाई भाडा बढेको जनगुनासोपछि हाललाई माथिल्लो भाडादरको […]