alliance khabar

सोमबार, मंसिर १०, २०८१

काठमाडौँ, मङ्सिर १० गते ।

 नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानतर्फको माथिल्लो भाडादरको हवाई टिकट नबेच्ने भएको छ । सरकारको निर्देशन कार्यान्वयन गर्दै निगमले इकोनोमी क्लासको महँगो दरको भाडा हटाएर सस्तो भाडादर मात्र निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा हवाई भाडा बढेको जनगुनासोपछि हाललाई माथिल्लो भाडादरको टिकट नबेच्ने भएको हो । सरकारको निर्देशन र राज्यको दायित्व अनुसार हाल निगमले अन्तर्राष्ट्रिय भाडादरमा न्यूनतम दुई हजार पाँच सयदेखि अधिकतम पाँच हजार रुपियाँसम्म छुट दिइरहेको छ । अब निगमले इकोनोमी क्लासका लागि सस्तो भाडादरका टिकट मात्र बिक्री गर्ने छ ।

यस अनुसार हाल निगमले भारतका नयाँदिल्ली, मुम्बई र बैङ्गलुरु, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैङ्कक र जापानको नारितामा उडान गर्दै आएको छ । नयाँ व्यवस्था अनुसार यात्रुले अब प्रतिटिकट दुई हजार पाँच सयदेखि पाँच हजार रुपियाँसम्म छुट पाउने प्रवक्ता पौडेलले बताउनुभयो । यसअघि हिमालय एयरलाइन्सले पनि उच्च मूल्यको हवाई टिकट (वाई क्लास) बन्द गरेको छ ।

पर्यटन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका २० वटा हवाई कम्पनीले सिट वर्गीकरण अनुसार न्यूनतम टिकट मूल्य, वर्तमान टिकटको मूल्य, सरचार्ज र यात्रुलाई दिएको टिकटको मूल्य विवरण मन्त्रालयमा बुझाइसकेका छन् । हाल हवाई भाडामा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न गठित कार्यदलले ट्राभल एजेन्सीले यात्रुलाई बेचेका टिकट र घटाउन सकिने हवाई भाडाबारे अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल