काठमाडौँ, भदौ २३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभएको छ । जेनजी सहिद दिवसको अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले भन्नुभएको छ, “प्रिय जेनजी सुशासन कायम हुने नै छ, सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली ।” प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । सरकारले आज जेनजी दिवसको अवसरमा सार्वजनिक बिदा […]
काठमाडौँ, भदौ २३ गते । मुख्य राजमार्गअन्तर्गत गएको बाढीपहिरोका कारण एलपी ग्यासको ढुवानी प्रभावित भएपछि काठमाडौँ उपत्यकामा ग्यास अभाव देखिएको छ । तराईको बोटलिङ प्लान्टबाट उपत्यकातर्फ हुने नियमित ढुवानी अवरुद्ध हुँदा ग्यास डिलरमा उपभोक्ताको चाप बढेको छ भने कतिपय डिलरले सडक किनारबाट समेत सिलिन्डर वितरण गर्न थालेका छन् । नेपाल आयल निगमका प्रवक्ता एवं आपूर्ति […]
काठमाडौँ, भदौ २२ गते । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सोही अनुसार आज देभरका सरकारी कार्यालय तथा […]
काठमाडौँ, भदौ २२ गते । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ । मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ […]
कल्याणपुर (सप्तरी), भदौ २२ गते । करिब एक महिनाको अन्तरालपछि वर्षा भएपछि सप्तरीसहित आसपास क्षेत्रका किसान हर्षित भएका छन्। आकाशे पानीको भरमा खेती गर्दै आएका किसान आइतबार रातिदेखि वर्षा हुन थालेपछि खुसी भएका हुन्। भदौ महिनाको तेस्रो साता बित्न लाग्दासमेत पर्याप्त वर्षा नहुँदा खेतमा लगाइएको धानबाली कसरी जोगाउने भन्ने चिन्तामा रहेका किसानलाई पछिल्लो वर्षाले राहत […]
सुदूरपश्चिम, भदौ २२ गते । कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ । वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ । कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार मौसम पूर्वानुमानअनुसार आजदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहनेछ । यस अवधिमा विभिन्न […]
नेपालगन्ज, भदौ २२ गते । लुम्बिनी प्रदेश सरकारले बाँकेमा गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका पूर्वाधार विकासतर्फका ११६ वटा योजना सम्पन्न गरेको छ । सम्पन्न योजनामध्ये अधिकांश सडक निर्माण तथा स्तरोन्नतिसँग सम्बन्धित छन् । सडक पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहका अनुसार गत आवमा बहुवर्षीय योजना अन्तर्गत जिल्लामा तीन वटा ठुला पुलसमेत निर्माण सम्पन्न भएका […]
काठमाडौँ, भदौ २२ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङस्थित बुढीगण्डकी र थेराङखोलामा गएको बाढीका कारण मनासलुको पर्यटन प्रभावित भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मनासलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढीगण्डकी र थेराङखोलामा आइतबार बिहान गएको बाढीले दुई वटा पुल र मुख्य पदमार्गमा क्षति पुगेपछि मनासलुको पर्यटन प्रभावित भएको छ । उहाँले भन्नुभयो, […]
काठमाडौँ, भदौ २१ गते । परिवारका सदस्यहरूले चण्डिका श्रेष्ठको आशा मारिसकेका थिए । भोटेकोशी हिमबाढीबाट बेपत्ता भएको आठ दिनसम्म उनका दुई छोरा र आफन्तले वेत्रावती र त्रिशूली खोलाआसपास आमाबुवालगायत अन्य आफन्तको खोजी गरिरहे तर जीवित वा मृत कुनै अवस्थामा नभेटेपछि बाध्य भएर कुशको शव बनाई काजकिरिया सुरु गरेका थिए । तर, ११ औँ दिनमा उहाँको सकुशल उद्धार […]
काठमाडौँ, भदौ २१ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ […]