काठमाडौँ जोड्ने दुई मार्ग २० गतेसम्म रात्रीकालीन बन्द

मनहरी (मकवानपुर), असोज १६ गते । संघीय राजधानी काठमाडौँ जोड्ने ऐतिहासिक त्रिभूवन राजपथ र छोटो दूरीको कान्तिलोकपथमा रात्रीकालीन सवारी आवागमनमा प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार साँझ सूचना जारीगरी असोज १७ गतेदेखि २० गतेसम्मका लागि दुबै सडकमा रात्रीकालीन सवारी आवागमनमा रोक लगाएको जनाएको हो । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जारी गर्नुभएको […]

धान खेतको हरियाली

हेटौँडा, असोज १५ गते। हेटौँडा-१ चौकी टोलको हरियाली धान खेतको फाँट। राप्ती नदी तटीय क्षेत्र नजिक रहेको चौकी टोलका अधिकांश खेतीयोग्य जमिन प्लटिङ भएर घर बनेका छन्। कङक्रिटको सहरको रूपमा विकसित हुँदै गएको चौकी टोल क्षेत्रका अधिकांश खेतीयोग्य जमिन मासिँदै गएको छ।

वडाध्यक्ष खत्रीले जित्नुभयो ठेलो हान्ने प्रतियोगिता

म्याग्दी, असोज १५ गते। म्याग्दीको धवलागिरि गाउँपालिका ७ का वडाध्यक्ष अशोक खत्रीले ठेलो हान्ने प्रतियोगिताको उपाधि जित्नुभएको छ। स्थित ताकम कोतमा दसैँको अवसरमा बुधबार आयोजना गरिएको ठेलो हान्ने प्रतियोगिताको उपाधि खत्रीले हात पार्नुभएको हो। धवलागिरि गाउँपालिका ७ का वडाध्यक्ष खत्रीले सो प्रतियोगिता दशौं पटक जित्नुभएको हो। प्रसिद्ध धार्मिकस्थल ताकमकोतमा दसैँमा ठेलो फाल्ने प्रतियोगिता अझै कायम […]

टीकाको दिन धनगढी-अत्तरिया-फूलबारीसम्म निःशुल्क बस

धनगढी, असोज १५ गते।  दसैँको दिन कैलालीको धनगढी, अत्तरिया र फूलबारीमा निःशुल्क बस सञ्चालन हुने भएको छ। धनगढी उपमहानगरपालिकाको समन्वयमा धनगढीको नवजीवन अस्पताल प्रालिले दसैँको दिन निःशुल्क बस सञ्चालन गर्ने भएको हो। दसैँमा टीका थाप्नका लागि एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गर्ने व्यक्तिको सहजताका लागि निःशुल्क बस सञ्चालन गर्ने जनाइएको छ। बस धनगढीको चौराहादेखि फूलबारीसम्म, […]

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टीका लगाइदिने

काठमाडौँ, असोज १५ गते। कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टीका लगाइदिनुहुने भएको छ। महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिनुभयो। जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ। […]

दसैँमा छ लाख ११ हजार बढीले छाडे काठमाडौँ

काठमाडौँ, असोज १५ गते।  दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौँ उपत्यका […]

प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने

काठमाडौँ, असोज १५ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको दसैँमा यसवर्ष टीका नलगाउने बताउनुभएको छ । दसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण भएको भन्दै उहाँले टीका नलगाउने बताउनुभएको हो । उहाँले मृतक र धेरै घाइतेको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम […]

इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

सिडोआरजो (इन्डोनेसिया), असोज १५  गते । इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ र उद्धार टोलीहरू बाँचेका व्यक्तिहरूको खोजीमा अहोरात्र खटिएका छन् । स्थानीय प्रतिवेदनअनुसार उक्त विद्यालय सोमबार दिउँसो विद्यार्थीहरू प्रार्थनाका लागि […]

मार्फा घम्नु जाने पर्यटकलाई स्याउ टिप्ने, खाने मेला

मुक्तिनाथ (मुस्ताङ), असोज १५ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ बारीमा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पशुपति ढकाल करिब एक घण्टा स्याउ बारीमा रमाउनुभयो । विदाको मौका छोपी मुस्ताङ पुग्नुभएका ढकालसँगै गएका पाँचजनाले केन्द्रलाई २ सय रुपियाँ राजस्व बुझाएर स्याउ बारीमा भिडियो, फोटो खिच्ने र आफुँले अघाउन्जेल स्याउ खाएर […]

थारू समुदायमा ‘गँवल्या टीका’

दाङ, असोज १५ गते । थारू समुदायले आज नवमीको दिन गँवल्या टीका लगाएका छन् । परम्परादेखि चल्दै आएको संस्कार अनुसार दसैँमा थारू समुदायले नवमीका दिन गाउँमा गँवल्या टीका लगाउने गर्दछन् । यसैबीच दंगीशरण ३ हेकुली गाउँका मटाँवा नारायण चौधरीले गाउँका जेष्ठ नागरिक एवं गुर्वा ८६ वर्षीया खुशीराम चौधरीसँग टीका लगाएर गाउँका गर्ढुर्याहरूलाई गँवल्या टीका लगाईदिनुभएको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल