सल्यान, कात्तिक १६ गते । करिब एक महिनापछि सल्यानको प्रसिद्ध कुमाख मेलाको फोहोर व्यवस्थापन गरिएको छ । धार्मिक तथा पर्यटकीय गन्तव्य कुमाख लेक क्षेत्रमा कोजाग्रत पूर्णिमाको अवसरमा गत असोजमा २० र २१ गते मेला लागेको थियो । मेलापछि सङ्कलित फोहोर अहिले मात्र व्यवस्थापन गरिएको हो । शनिबार कुमाख गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, मेला व्यवस्थापन समिति, स्थानीय […]
तम्घास (गुल्मी), कात्तिक १६ गते । हरिबोधनी एकादशीका दिन कालीगण्डकी नदी स्नान गर्ने र शालिग्राम शिला दर्शन गर्नेको भिड लागेको छ । गुल्मी, स्याङ्जा र पर्वतको सङ्गमस्थल सेतीवेणीमा कालीगण्डकी नदी स्नानका साथै शालिग्राम शिलाको दर्शन गर्नेको भिड लागेको हो । एकादशीका दिन खाना नखाई कालीगण्डकी नदीमा स्नान गर्नुका साथै शालिग्राम शिलाको दर्शन गर्नाले अन्जानमा गरेका पाप नष्ट […]
दाङ, कार्तिक १६ गते । घोराही खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ । क्यान्सरबाट पीडित डिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा उपचार भइरहेको थियो । आइतबार उपचारकै क्रममा ८० वर्षको उमेरमा उहाँको निधन भएको हो । डिसी लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । ‘पानी बा’ को नामबाट समेत चिनिने डिसी लामो […]
सुलीकोट, कात्तिक १६ गते । मनास्लु क्षेत्र घुम्न गएका आन्तिरिक पर्यटक काठमाडौँको टोखा नगरपालिका –६ का ४४ वर्षीय मिनु ईन्द्र लम्सालको तीनपछि हेलिकोप्टारबाट उद्धार गरिएको छ । बिहीबार बिहान ११ बजे चुमनुब्री गाउँपालिका– ५ बिहिमा पैदल हिँडिरहेका बेला अचानक भीरबाट खसेको ढुङ्गाले लागेर लम्साल गम्भीर घाइते हुनुभएको थियो । लम्साललाई प्रतिकुल मौसमका कारण तीन दिनपछि […]
महेन्द्रनगर, कात्तिक १६ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ कटानका रानाथारू समुदाय व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । डेढ दशकदेखि तरकारीखेतीमा संलग्न ती समुदायले तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि हरेक वर्ष खेती विस्तारमा जोड दिएका छन् । यहाँका नाथुराम रानाले डेढ दशकअघि ७५ बोट भन्टाबाट सुरु गरेको तरकारीखेती गाउँकै पहिचान बनेको छ […]
धनगढी, कात्तिक १६ गते । कैलालीसहित तराईमा कात्तिकमै बाक्लो हुस्सु लागेको छ । आइतबार बिहानैदेखि हुस्सु लागेको हो । मोन्था आँधीको असरले केही दिन मौसममा बदली भए पनि सुदूरपश्चिम प्रदेशको तराईमा हल्कामात्रै वर्षा भएको थियो । मौसममा सुधार हुँदै गएपछि बाक्लो हुस्सु लाग्न सुरु भएको छ । हुस्सुका कारण सवारी साधन दुर्घटनाकोे जोखिम पनि बढेको […]
पोखरा, कात्तिक १५ गते । हरिबोधनी एकादशीको उपलक्ष्यमा पोखराको सेती नदीमा भक्तजनहरुको घुइँचो लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्मका चार महिनामा विष्णुका भक्तहरुले तुलसीको पूजाआराधना गरी चौमासको व्रत बसेर आजको ठुलो एकादशीमा फूल तार्ने परम्परा रहेको छ भने घरघरमा तुलसीको विवाहसमेत गर्ने प्रचलन रहेको छ । पोखराको तुलसीघाट, राघाट, गाईघाट, ढुङ्गे साँघुलगायतका घाटमा विभिन्न […]
माले, कात्तिक १५ गते । माल्दिभ्स सरकारले शनिबारदेखि ऐतिहासिक कदम चाल्दै सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकमा सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लागू गरेको छ । योसँगै “धूमपानमा पुस्तागत प्रतिबन्ध” औपचारिकरूपमा सुरु गरिएको मुलुकमध्ये माल्दिभ्स विश्वकै पहिलो देश बनेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रपति मोहम्मद मुइजुले यस […]
काठमाडौँ, कात्तिक १५ गते । सरकारले काठमाडौँको उपत्यकाको शहरीकरणको ५० वर्षे गुरुयोजना तयार गर्ने भएको छ । बागमती सफाइ महाअभियानको ६५० औं हप्ता पूरा गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाका शहरीकरको गुरुयोजना तयार गरी सोही बमोजिम योजना कार्यान्वयन अगाडि बढाइने बताउनुभयो […]
काठमाडौँ, कात्तिक १५ गते। प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राख्नुभएको छ। शनिबार उहाँले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको हो। करिब एक घण्टा महामन्त्रीद्वयसँग आगामी निर्वचनबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने […]