क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत गर्न ड्रोनबाट इन्धन ढुवानी

म्याग्दी (बेनी), असोज २० गते । गत हप्ता परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले क्षतिग्रस्त कालिगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड मर्मत तथा पुनर्निर्माणका लागि सोमबार ड्रोनमार्फत आवश्यक इन्धन ढुवानी गरिएको छ। मानिसले बोकेर लैजानसमेत पैदलमार्ग नभएपछि नेपाली सेनाको सहयोगमा ड्रोनमार्फत डिजेल ढुवानी गरी सडक निर्माणको कामलाई तीव्रता दिइएको हो। असोज ११ गते कालिगण्डकी नदीमा […]

खनियाघाटको झोलुङ्गे पुलमा दुईपाङ्ग्रे सवारी चलाउन रोक

बागलुङ, असोज २० गते । गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गास्थित कालीगण्डकी पुलमा क्षति पुर्‍याएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको खनियाघाटको झोलुङ्गे पुलमा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बाढीले बागलुङ नगरपालिका–४ ढोडेनीदेखि पर्वतको जलजला गाउँपालिका–८ जोड्ने झोलुङ्गे पुलसमेत बगाएपछि बागलुङ नगरपालिका–१ निरयघाटदेखि पर्वतको खनियाघाट जोड्ने […]

शक्तिपीठमा सराय नाचको तयारी

अर्घाखाँची, असोज २० गते । अर्घाखाँचीको ऐतिहासिक अर्घा महाकाली भगवती मन्दिरमा यस वर्षको सराय नाचका लागि तयारी थालिएको छ । हिन्दुहरूको महान् पर्व बडादसैँको पूर्णिमाका दिन अर्घाको मैदानमा विशेष सराय नाचसहित मेला लाग्ने गर्छ । पश्चिम नेपालकै सबैभन्दा लोकप्रिय नाच हेर्न हजारौँ सङ्ख्यामा भक्तजन आउने गरेका छन् । सराय नाचका लागि मन्दिर तथा आसपासका क्षेत्रको […]

बुधबारसम्म देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

काठमाडौँ, असोज १९ गते । नेपाल मौसम विज्ञान विभागका अनुसार बुधबारसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । हाल देशभर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कोशी […]

व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल

काठमाडौँ, असोज १९ गते । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल निर्माण व्यवसायी महासङ्घको सुझाव अनुरुप नै सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन गरिएको बताउनुभएको छ । सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनका क्रममा महासङ्घको वर्तमान कार्य समितिबाट महत्वपूर्ण सुझावहरू आएकोमा सोका लागि मन्त्री लम्सालले धन्यवाद ज्ञापन गर्नुभयो । लगानी र विकासका लागि कानुन सुधार परामर्श कार्यशाला समापनका […]

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

काठमाडौं, असोज १९ गते । सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकपछि मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्नुहुँदै नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने निर्णय भएको […]

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ, असोज १९ गते ।  नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज खुलामञ्चमा भएको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गर्नुभएको संशोधित विधान पारित गरेको हो । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानमा केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था छ । विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र […]

दस वर्षअघि सप्तरीबाट हराएका बालक नयाँ दिल्लीमा फेला

कल्याणपुर (सप्तरी), असोज १९ गते । सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ बाट १० वर्षअघि हराएका एक बालकलाई प्रहरीले खोजी गरी आइतबार अभिभावकको जिम्मा लगाएको छ। गाउँपालिका–६ निवासी ऋषिदेव सदाका छोरा १६ वर्षीय शिवकुमार सदालाई प्रहरीले खोजी गरी परिवारजनको जिम्मा लगाएको हो। उहाँ १० वर्षअघि आफ्नै घरबाट हराई सम्पर्कविहीन रहनुभएको थियो। त्यतिबेला करिब छ वर्षका रहेका शिवकुमारको […]

विद्यार्थीमार्फत विद्युत् सुरक्षा सचेतना फैलाउँदै प्राधिकरण

खजुरा (बाँके), असोज १९ गते । विद्युत्को सुरक्षित प्रयोगसम्बन्धी चेतना विद्यार्थीमार्फत घरपरिवार र समुदायसम्म पुर्‍याउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण, कोहलपुर वितरण केन्द्रले विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख रमेश अवस्थीले विद्युत्सँग सम्बन्धित जोखिमबारे विद्यालय तहदेखि नै विद्यार्थीलाई सचेत गराउन सके त्यसको प्रभाव घरपरिवार हुँदै समुदायसम्म पुग्ने भएकाले कार्यक्रम […]

पाँचथरका बालबालिकालाई पहिलो पटक स्वर्णबिन्दु प्राशन

फिदिम, असोज १९ गते । पाँचथर जिल्लाका बालबालिकालाई पहिलो पटक स्वर्णबिन्दु प्राशन गराउन थालिएको छ। आयुर्वेद चिकित्सा पद्धतिअनुसार सुनको भस्मलाई घिउ र महमा घोलेर तयार पारिएको घोललाई स्वर्णबिन्दु भनिन्छ। यसको प्राशन गराउँदा बालबालिकाको सामाजिक, मानसिक, शारीरिक तथा बौद्धिक विकासमा प्रभावकारी हुने चिकित्सकहरू बताउँछन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पाँचथरले सोमबार बिहानैदेखि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ