नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १४ माघ : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभाेग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको हो । नगरपालिकाको कोषबाट तलब, भत्ता लगायतका सुविधा उपभोग गर्नेले छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने नीति तथा कार्यक्रममा तय गरिएको नगरप्रमुख […]
कञ्चनपुर, १४ माघ : शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको रु पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ (मूल्य अभिवृद्धिकरबाहेक)मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ । अस्पताल निर्माणका लागि एमके विल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ । सम्झौताअनुसार […]
काठमाडौँ, १४ माघ : राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ८६औँ ‘अविरल जनसाहित्य यात्रा’को शृङ्खलामा शनिबार कवि जयन्ती स्पन्दनका एक दर्जन कविता प्रस्तुत भएको छ । कवि स्पन्दनले ‘ऐँठन’, ‘शैलुङ परिदृश्य’, ‘छोरा, छोरा र छोराहरू नै’, ‘टीकापुर घटना र खण्ड खण्ड त्रासदी’, ‘परिवेश अनिष्टको’, ‘मनभरि कुँदिएको छ खाँदबारी’, ‘जनआह्वान’, ‘महिला समानता एकपटक सबै भन्नुपर्छ’ शीर्षकका कविता वाचन […]
काठमाडौँ, १४ माघ : सरकारले करिब रु एक अर्बको लागतमा विभिन्न ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनामार्फत सेवा केन्द्र निर्माण गरेको हो । आयोजना प्रमुख चन्द्रप्रसाद रिसालले प्रत्येक पालिकामा करिब रु तीन करोडको लागतमा निर्माण गरिएको अत्याधुनिक प्रविधि […]
काठमाडौँ, १४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो । […]
काठमाडौँ, १४ माघ : एकहत्तरौँ विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने […]
भरतपुर (चितवन), १४ माघ : सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुने भएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका–७ स्थित चित्रसारी खेलमैदानमा यही माघ १८ गतेदेखि महोत्सव सुरु हुन लागेको हो । नेपाली चलचित्रको विकास र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सवको आयोजना गरिएको शनिबार पत्रकार सम्मेलन गरेर क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र […]
चितवन, १३ माघ ः भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरिएको हो । महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको विद्यार्थीसँग मेयर कार्यक्रमको शुक्रबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रमअन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट […]
इलाम, १३ माघ : इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०÷८१ मा भन्सारले रु एक करोड ९१ लाख ७१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । यसैगरी आव २०७७÷७८ मा रु […]
टीकापुर (कैलाली), १३ माघ : कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो । यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ । सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौँ पठाइने भएको छ […]