alliance khabar

आइतबार, माघ १४, २०८०

काठमाडौँ, १४ माघ : राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ८६औँ ‘अविरल जनसाहित्य यात्रा’को शृङ्खलामा शनिबार कवि जयन्ती स्पन्दनका एक दर्जन कविता प्रस्तुत भएको छ ।

कवि स्पन्दनले ‘ऐँठन’, ‘शैलुङ परिदृश्य’, ‘छोरा, छोरा र छोराहरू नै’, ‘टीकापुर घटना र खण्ड खण्ड त्रासदी’, ‘परिवेश अनिष्टको’, ‘मनभरि कुँदिएको छ खाँदबारी’, ‘जनआह्वान’, ‘महिला समानता एकपटक सबै भन्नुपर्छ’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । सहयोगी कवि डा जया सत्यालले ‘इतिहासको मानवता’ शीर्षकको, रूपक अलङ्कारले ‘आन्दोलन’ शीर्षकको, जयन्ता पोखरेलले ‘मौन सडक र मानिसहरू’ शीर्षकको र प्रशान्त खरेलले ‘उभिएको छ समय तिम्रोअगाडि’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सरल तरिकाले गम्भीर भाव कवितामा सम्प्रेषण गर्न सकिँदोरहेछ, कवितामै शालीन व्रिद्रोहका माध्यमबाट रूपान्तरणको सन्देश पनि सम्प्रेषण गर्न सकिँदोरहेछ भन्ने अनुभूति कविता सुनिसकेपछि भएको बताउनुभयो ।

वाचित कवितामाथि टिप्पणी गर्दै समीक्षक डा रजनी ढकालले स्पन्दनका कवितामा आमा, छोरी हुँदै देश आएको छ र पुस्तान्तरणको कुरा आएको र देश बनाउनेहरू स्वार्थप्रेरित भएकामा कवितामा चिन्ता गरिएको टिप्पणी गर्नुभयो ।

सङ्घका अध्यक्ष राम विनयले २०७० चैत १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहितय यात्रा’को आज ८६औँ शृङ्खला आइपुगेको जानकारी दिनुभयो । शृङ्खलाका संयोजक डा हरिप्रसाद सिलवालले प्रगतिशील एवं प्रगतिवादी चेतनाका साथ साहित्य सृजना गर्ने जयन्तीले कविता, वक्तृत्व, एकाङ्की, समालोचना, बालसाहित्यमा निरन्तर कलम चलाइरहेको जनाउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल