अस्ट्रेलियामा ‘नइ नारी गौरवी पुरस्कार प्रदान

काठमाडौँ, ३१ साउन ‘नइ एकेडेमी अस्ट्रेलिया’ले आसन्न तीजका अवसरमा अष्ट्रेलियाको ग्रानभिलमा सांस्कृतिक कार्यक्रम आयोजना गरी विभिन्न विधाका उत्कृष्ट नारीलाई ‘नइ नारी गौरवी’ पुरस्कार प्रदान गरेको छ । ‘नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड’ नाम दिइएको सो पुरस्कार शिक्षा तथा समाजसेवातर्फ जमुना गुरुङ, विज्ञान तथा प्रविधितर्फ डा अर्चना कोइराला तथा कला, संस्कृति र […]

बुकीमै गोठालाको उपचार

ढोरपाटन (बागलुङ), ३१ साउनः बागलुङ बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले भरिएको छ । तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला […]

अस्पतालका लागि नगरपालिकाको सभाहल

काठमाडौँ, ३० साउनः नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ । अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको हो । नवनिर्मित सभाहलको नगरपालिका प्रमुख दीपककुमार रिसालले सोमबार उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उहाँले नगर क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रको स्तरोन्नति, क्षमता अभिवृद्धि गर्ने अभियान कायम नै रहेको बताउनुभयो । उहाँले […]

भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा

भोजपुर, ३० साउनः भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थल प्रचार–प्रसारको कमीले ओझेलमा परेको हो । यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीयवासी शिवकुमार विष्टले बताउनुभयो । सुन्दर स्थलमा रहेको यो देवस्थल प्रसार–प्रसारको कमीले ओझेलमा परेको […]

गण्डकीमा पशुलाई पूर्णखोप अभियान

गण्डकी, ३० साउनः वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गण्डकीका ८५ पालिकामध्ये एक महानगरपालिका, २३ नगरपालिका र ३८ गाउँपालिकाका पाँच सय ८० वडामा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा […]

मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

म्याग्दी, २९ साउन : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पु¥याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर÷होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल […]

सडकमा पुरिएकी महिलाको उद्धार

काभ्रे, २८ साउन काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित अरनिको राजमार्गसँग जोडिएको कच्ची सडक भासिँदा पुरिएका एक ३० वर्षीया महिलाको आज उद्धार गरिएको छ । राजमार्गबाट उक्त सडकतर्फ हिँडिरहेका बेला अविरल वर्षाका कारण सडक भासिएपछि स्थानीय कान्छामाया तामाङ पुरिनुभएको थियो । जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले तामाङको उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल पुर्‍याएको हो । मुख […]

घोराही उपमहानगरपालिका : ९३ विद्यालयमध्ये चौधमा महिला प्रअ

देउखुरी, २८ साउन : घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्राध्यानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको छ । शिशु कक्षादेखि ५ सम्म पढाइ हुने सो विद्यालयमा उहाँले विसं २०७६ देखि प्रअको भूमिका निर्वाह गर्दै आउनुभएको छ । “शिक्षकमात्र हुँदा […]

माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित

भरतपुर, २८ साउन : चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् । कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो । यस्तै ७० लाख फ्राइ (एक महिना अवधिको) र छ लाख ६० हजार फिङ्गरिङ (दुई महिनामाथिको) माछाका भुरा वितरण गरेको […]

नेपालगन्ज सहर : टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

जानकी (बाँके), २८ साउन : “पानीमा रुझ्दै दिनभरि घाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि घाँस बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?” बाँकेका नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्नुहुन्छ । उहाँले घाँस बेचेर आएको रु एकदेखि डेढ सयसम्मको कमाइले छ जनाको परिवारलाई पाल्नुपरेको छ । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल