काठमाडौँ, फागुन १९ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार फागुन २१ गते दिउँसो तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने जानकारी दिएको छ । सो दिन कोशी, बागमती र गण्डकी प्रदेशका […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक विवादमा फस्ने सम्भावना भएकाले बोल्दा संयम अपनाउनु उपयुक्त हुनेछ । पेशागत क्षेत्रमा केही चुनौती देखिन सक्छ । कानुनी झन्झट वा अप्रत्याशित समाचारले मन अस्थिर बनाउन सक्छ । डर, वादविवाद वा कसैसँग मतभेद हुन सक्ने भएकाले सतर्क रहनु राम्रो हुन्छ । व्यापार भने लाभदायक देखिन्छ […]
काठमाडौँ, फागुन १८गते । नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU) केन्द्रीय समितिको आयोजनामा आज होली मिलन कार्यक्रम सम्पन्न भएको छ। नेपाल टेलिकम वर्कर्स युनियन केन्द्रीय समितिको आयोजनामा नेपालीहरूको महान् चाड होली पर्वको अवसरमा होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम उल्लासपूर्ण तवरले काठमाडौँको बबरमहलमा सम्पन्न भएको हो। कार्यक्रममा , नेपाल टेलिकम वर्कर्स युनियनका केन्द्रीय अध्यक्ष लगायत पदाधिकारी […]
मुक्तिनाथ (मुस्ताङ), फागुन १८ गते । बाक्लो हिउँ जमेर अवरुद्ध भएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ता गाउँ जाने सडक सञ्चालनमा आएको छ। सदरमुकाम जोमसोम हुँदै छिमेकी जिल्ला डोल्पा जोड्ने सडकखण्डअन्तर्गत झेकिलाडाँडा र बताँते हुँदै साङ्ता गाउँ पुग्ने सडकमा १२ फिटसम्म अग्लो हिउँ जमेको थियो। उक्त हिउँ डोजरको सहायताले छ दिन लगाएर पन्छाएपछि ट्याक्टर र जिप […]
काठमाडौँ, फागुन १८ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । फागुपूर्णिमा (होली) पर्व, २०८२ को पावन अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उहाँले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा […]
काठमाडौँ, फागुन १७ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिस्थिति चुनौतीपूर्ण देखिए पनि निरन्तर प्रयासले सहयोगीहरूबाट फाइदा लिन सकिनेछ । गोपनीयता कायम राख्नु आवश्यक छ । समयमै सचेत नबन्दा शुभचिन्तक टाढिन सक्छन् । मेहनतको फल ढिलो भएपनि अवश्य प्राप्त हुनेछ, तर काम बिग्रने चिन्ताले सताउन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, […]
काठमाडौँ, फागुन १६ गते । काठमाडौँ महानगरपालिकाले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने कार्यअन्तर्गत कामपाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आया तथा अन्य सबै प्रकारका कर्मचारी गरी ८३ वटा विद्यालयका ३६ हजार २८० जनालाई एकीकृत […]
काठमाडौँ, फागुन १६ गते । निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताउनुभएको छ । उहाँले निर्वाचनमा मौनअवधि प्रचारप्रसार गरेर थाकेका उम्मेवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि सोच विचार गरी स्वतन्त्र रूपमा उम्मेदवार छनोट सम्बन्धमा निर्णय प्रदान गरिएको समय भएकाले निर्वाचन आचारसंहिताविपरीतका कुनै कार्य नगर्न […]
कृष्णयजुर्वेदको तैत्तिरीय शाखाका अतिविशिष्टतम् उपासना पद्धतिका साथै तन्त्रशास्त्रका अत्यन्त रहस्यमय मन्त्र, यन्त्र र पूजाविधानद्वारा उपास्य रहने भगवान् श्री पशुपतिनाथको पूजा पद्धतिमा निगमागमको मिश्रमार्गको प्रयोग हुने गरेको छ । यसप्रकारको पूजाविधानमा अत्यन्त गुढ शास्त्रीय दर्शन, जटिलतम साधना पक्ष र वैज्ञानिक वैशिष्ट्य अन्तर्निहित रहेको छ । यसरी सम्पादन गरिने पूजाको वैशिष्ट्य र गाम्भीर्यले नै राष्ट्रदेवको शास्त्रीय र […]