
चितवन, ११ चैतः नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । कालिका नगरपालिका–६ मा शुक्रबार र शनिबार सञ्चालित शिविरमा सात सय ७० महिला र सात सय १० पुरुषको स्वास्थ्य परीक्षण गरिएको हो । कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार शिविरमा दुई सय ९८ […]
काठमाडौँ, ११ चैतः सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् । […]
दमौली (तनहुँ), ११ चैत : तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ । गत फागुन २१ देखि चैत ८ गतेसम्म सबै वडामा सञ्चालित शिविरबाट २३ हजार तीन सय ३६ पशुको उपचार भएको हो । उक्त शिविरबाट सातवटा वडाका एक हजार नौ सय २६ जना पशुपालक किसान लाभान्वित भएको […]
चैनपुर (बझाङ), ११ चैतः बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठान्नुभएको थियो । यद्यपि उहाँलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उहाँ दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित हुनुहुन्थ्यो । रोग र गरिबीसँग लड्दै आउनुभएकी दूधकलाको परिवारमा दैनिक जीवनयापनका निम्ति अन्नको जोहो नै चुनौतीको […]
काठमाडौँ, १० चैत : खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको कमी हुँदा अझै पनि ७३ प्रतिशत जनसङ्ख्याले शुद्ध खानेपानीको सुविधा पाएका छैनन् । पानीको स्रोत बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिमा खानेपानीका स्रोत बढी […]
काठमाडौँ, १० चैत : हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०३० सालमा स्थापना भएको सङ्घले वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई […]
चैनपुर (बझाङ), १० चैत : बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ । […]
काठमाडौँ, १० चैत : कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ । मौसमविद् गोविन्द झाका अनुसार देशभर आंशिकदेखि साधारणतया […]
काठमाडौँ, १० चैत : भारतीय राजदूतावासले ५९ औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । शुक्रबार भएको कार्यक्रमम एम्सका पूर्वविद्यार्थी एवं नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विकास र शिक्षाको क्षेत्रमा भारत–नेपालबीचको सहकार्यलाई अघि बढाउने विषयमा आफ्नो अनुभव र विचार सुनाउनुभएको थियो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको अन्य देशसँगको […]
सिमकोट (हुम्ला), १० चैत: दक्षिणी भागमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत घरघरमै पुगेर जेष्ठ नागरिक निःशुल्क उपचार गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्षमाथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तारअन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले […]