alliance khabar

बुधबार, जेठ ०९, २०८१

९ जेठ २०८१, बुधबार
बिहान उठेर नित्य कर्म सकिएपछि प्रायः सबैले सम्झने भनेको नै चिया  हो । घर आएका पाहुनाको सत्कारदेखि शल्यक्रियापछि बिमारीलाई खुवाइने पहिलो धुट्काको रूपमा कालो चिया कै प्रयोग हुन्छ ।

सडक पेटीदेखि ससाना होटल हुँदै पाँचतारे होटलको मेन्युमा चियाले उत्तिकै स्थान पाएको छ । साथीभाइ भेट्दा होस् वा दुःख र थकान मेट्न होस् चियाकै साहरा लिनेहरू कैयौँ भेटिन्छन् । भलाकुसारीदेखि भाइचारासम्मको चिया हाम्रो संस्कृति नै बनिसकेको छ ।

कालो चिया, दुध चिया, कागती चिया, चिनी हालेको चिया, चिनी नहालेको चिया, पुदिना चिया, तेजपत्ता चिया, मरिच चिया, अदुवा चिया, नुन चिया र मड्का चियाका नाममा घरदेखि कार्यालय र सार्वजनिक समारोहदेखि शोक समारोहसम्म चिया संस्कृति मौलाएको छ । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको चिया हाम्रो अर्थतन्त्र र पर्यटनसँग पनि प्रत्यक्ष जोडिएको छ । नेपालमा चियाको इतिहास फर्केर हेर्दा सर्वप्रथम विसं १९२० मा इलामबाट चिया खेतीको व्यावसायिक सुरुवात भएको इतिहास रहे पनि चियाको उत्पत्ति चीनबाट भएको मानिन्छ । विसं १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चिनियाँ सम्राटबाट उपहारमा प्राप्त भएको चियाको बिरुवा इलामका तत्कालीन बडा हाकिम तथा कर्णेल गजराजसिंह थापालाई रोप्न लगाएको विश्वास गरिन्छ ।

चिया, चिया बगान भन्नेबित्तिकै झट्ट इलाम र दार्जिलिङ, आसाम सबैको दिल दिमागमा आउँछ तर चियाको उत्पत्ति भएको मानिने चीनको आनह्वी प्रान्तको चिया संसारभर प्रख्यात छ ।

यसैबिच विश्व चिया दिवसको अवसर पारेर चिनियाँ राजदूतावास, चाइना अन्तर्राष्ट्रिय सांस्कृतिक सङ्घ, आनह्वी प्रान्तको संस्कृति र पर्यटन विभाग, चाइना सांस्कृतिक केन्द्रलगायतको आयोजनामा मङ्गलबार यहाँ आयोजना गरिएको कार्यक्रममा बोल्दै चिनियाँ राजदुतले १९ औँ शताब्दीमा नेपाल भित्रिएको चिनियाँ चिया अहिले हरेक नेपालीको घरेलु पेय बन्न पुगेकोमा खुसी व्यक्त गर्नुभयो ।

चीनबाट उपहारमा प्राप्त भएको चिया अहिले अलैँचीपछि सबैभन्दा बढी निर्यात हुने वस्तु बनेको जनाउँदै उहाँले विश्वमा सबैभन्दा बढी खपत हुने चियामा नेपालका सयौँ थरी चियाले समेत स्थान पाउन थालेको बताउनुभयो । इलाम र दार्जलिङमा भौगोलिक समानता भए पनि नेपाली चियाको स्वादको चीनमा समेत चर्चा हुने गरेको उहाँले बताउनुभयो । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आनह्वी प्रान्त चियासँगै कला, संस्कतिमा समेत विश्वमै उत्कृष्ट गन्तव्य रहेकै कारण विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुगेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल