साढे तीन सयलाई तत्कालै रोजगारी दिइने

लेखनाथ, जेठ २३ गते :   पोखरामा भएको श्रमाधान रोजगार मेलामार्फत रोजगारदाताले तत्कालै साढे तीन सय जनालाई रोजगारी दिने भएका छन् । मेलामा स्टल राखेका रोजगारदाताले रोजगारी दिने पदबारे लिखित जानकारी दिएको र योग्य कामदारलाई तत्काल रोजगारी दिने आयोजकले जनाएको छ । श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले दुईदिने मेला भव्यताका […]

३८ प्रजातिका दुई लाख बिरुवा रोप्दै पोखरा महानगर

लेखनाथ, जेठ २२ गते :   पोखरा महानगरले रैथाने प्रजाति, स्थानीयको रोजाइ र सदाबहार प्रजातिका सवा दुई लाख बिरुवा रोप्ने भएको छ । पोखरालाई स्वच्छ सहर: हरित सहरको रूपमा विकास गर्न ठुलो मात्रामा बिरुवा रोप्न लागिएको हो । वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीतिसहितको अध्ययन प्रतिवेदन सोमबार महानगरपालिकालाई बुझाइएको छ । प्रतिवेदन तयारी कार्यदलका संयोजक वन विज्ञान […]

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, जेठ २२ गते :   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । सगरमाथा र बुद्धको देश भनेर चिनिने […]

झरनामा फोटो खिच्दा एक जनाको मृत्यु, तीन जना घाइते

फिदिम,जेठ २२ गते :   पाँचथरको फालेलुङ गाउँपालिका ६ मा अवस्थित मुवा झर्ना घुम्न गएका एक युवकको लडेर ज्यान गएको छ । झर्नाको सौन्दर्यमा फोटो खिच्ने क्रममा लडेर सख्त घाइते भएका फिदिम २ का १८ वर्षीय एल्सन मगरको उपचारका लागि झापा लैजाने क्रममा निधन भएको हो । साथीहरूसँग झर्ना घुम्न गएका उनीहरू फोटो खिच्ने क्रममा चिप्लेर […]

जलवायु परिवर्तनले गर्भवती महिला र बालबालिकाहरूमा बढी असर परेको छ: उपसभामुख राना

काठमाडौँ, जेठ २२ गते :   उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनले सबैभन्दा बढी गर्भवती महिला र बालबालिकाहरूमा असर परेको बताउनुभएको छ । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर गर्भवती महिला, बालबालिका र वृद्ध वृद्धमा पर्ने गरेको भन्दै सरकारले आवश्यक चासो र असर न्यूनीकरणका लागि पहल गनु पर्नेमा जोड दिनुभएको […]

नेपालगन्ज मेडिकल कलेजले अध्ययन नगराउने

खजुरा, जेठ २२ गते :  लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमार्फत सञ्चालन हुँदै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अब अध्ययन नगराउने भएको छ । कलेजले अस्पताल मात्र सञ्चालन गर्ने जनाएको हो । स्थापनाकालदेखि हालसम्म नेपालगन्जमा चिकित्सक अध्ययन र अस्पतालका रूपमा सञ्चालन हुँदै आएको उक्त मेडिकल कलेजमा अब भने चिकित्सक अध्ययन नहुने भएको हो । […]

स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क शिविर

चरीकोट जेठ २१ गते :   जिल्लाको तामाकोसी गाउँपालिकामा स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि आयोजना गरिएको शिविरमा १७२ जना महिला लाभान्वित भएका छन् । महिलामा स्तन र पाठेघरसम्बन्धी समस्याहरू बढ्दै गएको अवस्थामा गाउँपालिकाले क्यान्सरको पहिचानका लागि शिविरको आयोजना […]

तिन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा प्युठानको जनजिवन प्रभावित

प्युठान, जेठ २१ गते :  तीन दिनदेखि प्युठानमा विद्युत अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ । लमहीबाट झिम्रुक पावर हाउस आउने १३२ केभी को लाइन दाङको अर्जुनखोलाबाट उत्तर तर्फको भित्री घना जङ्गल चक्लिघाट भन्ने स्थानको भिरमा मुख्य लाइनको एउटा फेज तार जेठ १९ गते राति आएको हावाहुरीका कारण तार चुडिएरपछि विद्युत सेवा अवरुद्ध भएको हो […]

लागूऔषधसहित दुई युवक पक्रउ

तनहुँ, जेठ २१ गते : लागूऔषधसहित प्रहरीले तनहुँका दुई युवकलाई पक्राउ गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ । पृथ्वी राजमार्गका मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेका सवारीसाधन चेकजाँच गर्ने क्रममा भानु नगरपालिकाको वडा नम्बर १ बस्ने वर्ष २२ को दिपेश परियार र वडा नम्बर ६ बस्ने वर्ष २४ […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ, जेठ २१ गते :   सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व. २०७९/८०” पेश गर्नुहुने कार्यक्रम रहेको छ । त्यस्तै, आव २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ