शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम

ललितपुर (गोदावरी), २१ साउन बागमती गाउँपालिका वडा १ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु भएको छ । जनभावना क्याम्पस चापागाउँमा बागमती गाउँपालिकाद्वारा आयोजित सो १० दिने तालिमको नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले शुभारम्भ गर्नुहुँदै शैक्षिक उन्ननयका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो । बागमती गाउँपालिकाका […]

पशु विज्ञान अध्ययनमा छात्राको आकर्षण

काठमाडौँ -२० साउन । प्राविधिक विषय अध्ययनमा छोरीहरुको आकर्षण बढ्दै गएको छ । टीकापुर बहुप्राविधिक शिक्षालय टीकापुरमा पशु विज्ञान विषय अध्ययनरत विद्यार्थीमा छोरीहरु बढी छन् । टीकापुर बहुप्राविधिक शिक्षालयमा पशु विज्ञानतर्फ एक सय तीनजना विद्यार्थी रहेकामा पुरुष ४८ र महिला ५५ जना रहेका छन् । पशु विज्ञान तथा भेटेरिनरी जेटिए अध्ययनमा छोरीहरुको आकर्षण बढ्दै जानुलाई सकारात्मक […]

मिर्चैया नगरपालिकाद्वारा किसानलाई एक सय बाख्रा वितरण

सिरहाको मिर्चैया नगरपालिकाले उन्नत जातका एक सय बाख्रा वितरण गरेको छ । नगरपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई बाख्रा वितरण गरेको हो । नगरपालिकाले तीन समूहका ५० किसानलाई दुई वटाका दरले समूहको १० प्रतिशत र नगरपालिकाको ९० प्रतिशत लगानीमा एक सय बाख्रा नगरप्रमुख श्रवणकुमार यादवले हस्तान्तरण गर्नुभएको हो । उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर […]

बुकीमै पुगेर लम्पी स्किनको उपचार

यतिबेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन् । चार हजार पाँच सय मिटरको उचाइमा पर्ने बुकी क्षेत्र यति बेला हरियाली घाँस र पशुचौपायले ढाकिएको छ । हरेक वर्ष जेठ पहिलो सातादेखि नै निकै उत्साहका साथ […]

ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो

ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन् […]

लम्पी स्कीन रोगका कारण रामेछापमा ३ सय ८१ पशुचौपाय मरे

रामेछाप  लम्पी स्कीन रोगका कारण रामेछापमा ३ सय ८१ पशु चौपाय मरेका छन् । रामेछापका ८ स्थानिय तहका पशुसाखाले दिएको जानकारी अनुसार २१ हजार भन्दा बडी पशुचौपायहरुमा संक्रमण देखिएको छ । लम्पी स्कीन रोगको सङ्क्रमणबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगंगा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा २५, लिखुतामाकोशी गाउँपालिकामा १५०, सुनापति गाउँपालिकामा ३६ र उमाकुण्ड […]

प्राग्जैविक प्रेम – ऋषभदेव घिमिरे गोदावरी,ललितपुर

 ए प्रेमका पुजारीहरू हो मन भित्र लुकेको प्रिय मान्छेलाई मन भित्रै राखेर पुजा गर्न कुन सामग्री चाहिएला? प्रेमको साटो प्रेम साट्न यक्ष समय पर्खेर कुन मुहुर्त निकाल्नु पर्ला कुण्डलीको कुन स्थानमा चढाउनु पर्ला सग्ला साक्षात् प्राणेश्वरको रक्षा गर्ने अक्षताहरू   सम्झिरहन त सायदै चाहिन्न होला प्रेम प्राञ्जलको करारनामा फगत सम्झेर निश्चित प्रेम साटेका घडी र […]

धरानमा डेङगुका कारण ७ जनाको मृत्यु

धरान । धरानमा डेंगुका कारण ७ जनाको मृत्यु भएको छ ।  जेठ महिना देखि धरानमा डेंगु फैलिएको थियो । धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताकाअनुसार ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ । यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो । उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै सर्च […]

आज देखि मलमास अर्थात् पुरुषोत्तम मास शुरु हुँदै, यस अबधिमा के गर्न मिल्छ ? के काम लाई अगाडी बढाउनु हुदैन ?

काठमाडौं २, श्रावण मंगलबार मलमास अर्थात् पुरुषोत्तम मास शुरु भएको छ।  पञ्चाङ्गहरूले आज देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन्।चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ। हाम्रो प्रचलनमा रहेको पात्रो सौर र चान्द्र गरी दुई प्रकारले चलेको छ। दैनिक कामकाजका लागि सौरमानअनुसार चल्ने विक्रम संवत् चलिरहेको छ भने धार्मिक […]

नयाँ नागरिकता बनाउने सम्बन्धमा महत्वपूर्ण जानकारी

१. नेपाली नागरिकताको भनेको के हो ? नागरिकता किन चाहिन्छ ? नेपालको नागरिक हो भनी राज्यले दिएको प्रमाण नेपाली नागरिकता हो । राज्यको सदस्यको रुपमा नेपाली नागरिकले मात्र नेपालको नागरिकता पाउँछ । यो राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार व्यवसाय गर्ने जस्ता कानूनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारहरूको उपभोग गर्ने महत्त्वपूर्ण […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल