तम्घास, कात्तिक ९ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीमा राहदानी बनाउनेको भिड लागेपछि एक दिनअगावै टोकन वितरण गरिएको छ । दसैँ सकिएसँगै राहदानी बनाउनेको भिड लागेपछि भिडलाई कम गर्न एक दिनअगावै टोकन वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । बिहीबारका लागि बुधबार नै १३० जनाका लागि टोकन वितरण गरिएको थियो । बिहीबार बिहान ७ […]
इनरुवा (सुनसरी), कात्तिक ९ गते । जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय […]
कालीकोट, कात्तिक ९ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाले विविध शीर्षकमा ३० लाख खर्च गरेको पाइएको छ । हालै सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदनमा तिलागुफा नगरपालिकाले विविध खर्चमा ३० लाख २७ हजार ९७२ रुपियाँ खर्च गरेको उल्लेख छ । नगरपालिकाले अनुगमन तथा भ्रमण खर्च मात्र ३३ लाख ८८ हजार ५१७ रुपियाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ […]
सुर्खेत, कात्तिक ९ गते । पश्चिम सुर्खेतको चौकुनेमा पर्यटन प्रवर्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । गाउँपालिका–६ र ७ को सिमानामा ताल निर्माण गर्न लागिएको हो । गत आर्थिक वर्षदेखि ठेक्का सम्झौता गरेर चार हेक्टर क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरिएको जनाइएको छ । ताल संरक्षण, बाँध तथा नहर निर्माणका लागि ठेक्का सम्झौता […]
लेखनाथ, कात्तिक ९ गते । पोखराको सूर्यदर्शन सहकारीमा भएको ठगीबारे अनुसन्धान जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको आन्दोलनका कारण सहकारीपीडितहरू त्रसित बनेका छन् । देशैभरबाट नेता, कार्यकर्ता आएर पोखरामा लगातार प्रदर्शन गरेपछि उनीहरूलाई अनुसन्धान प्रभावित हुने र बचत फिर्ता नपाइने हो कि भन्ने चिन्ता बढेको छ । त्यति मात्र होइन रास्वपा नेता, कार्यकर्ताले […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । वृष […]
काठमाडौँ, कात्तिक ८ गते : विश्व बैङ्कद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आज बैङ्कको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा रामप्रसाद […]
धनगढी, कात्तिक ८ गते । धनगढी उपमहानगरपालिकाले धनगढीका खोलामा भएको अतिक्रमण हटाउने तयारी गरेको छ । पानीको प्राकृतिक बहाव नै रोक्ने गरी विभिन्न ठाउँमा व्यक्तिले अतिक्रमण गरेर संरचना बनाएपछि धनगढी उपमहानगरपालिकाले सो हटाउने तयारी गरेको हो । वडा नम्बर १ देखि ८ र वडा नम्बर १३ का खोलानालामा बढी अतिक्रमण भएको छ । ती सबै […]
बैतडी, कात्तिक ८ गते । आँगनमा फुलेका सयपत्री र मखमली फूलले तिहार पर्खिरहे पनि गरिबीले चुलो बाल्न धौ धौ भएपछि एकै गाउँका ३० जना युवा बालबच्चासहित भारत पलायन भएका छन् । तिहारको मुखैमा घरको ढोकामा ताल्चा लगाएर रोजगारी खोज्न सिङ्गै गाउँ भारतको बैङ्लोर हिँडेपछि सदरमुकामको तिरगाउँ सुनसान बनेको छ । दशरथ चन्द नगरपालिका–४, तिरगाउँका २२ […]
काठमाडौँ, कात्तिक ८ गते । विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’ को दोस्रो शृङ्खला बन्ने भएको छ । एक सातामा १० करोडभन्दामाथि ‘ग्रस कलेक्सन’ गरेको दाबी गरिएको चलचित्र अहिले पनि शतप्रतिशत अकुपेन्सीमा चलिरहेको वितरक गोविन्द शाहीले जानकारी दिनुभयो । फूलपातीमा प्रदर्शन सुरु भएको चलचित्रले अहिले सबै हलमा उत्कृष्ट प्रदर्शन गरिरहेको बताइन्छ । चलचित्र १२ गाउँ मार्फत पूर्वमिस नेपाल इन्टरनेसनल […]