alliance khabar

बिहिबार, कार्तिक ०८, २०८१

काठमाडौँ, कात्तिक ८ गते ।

 विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’ को दोस्रो शृङ्खला बन्ने भएको छ । एक सातामा १० करोडभन्दामाथि ‘ग्रस कलेक्सन’ गरेको दाबी गरिएको चलचित्र अहिले पनि शतप्रतिशत अकुपेन्सीमा चलिरहेको वितरक गोविन्द शाहीले जानकारी दिनुभयो ।

फूलपातीमा प्रदर्शन सुरु भएको चलचित्रले अहिले सबै हलमा उत्कृष्ट प्रदर्शन गरिरहेको बताइन्छ । चलचित्र १२ गाउँ मार्फत पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले डेब्यु गरेका छन्  । अन्य कलाकारमा विराज, समीर भट्ट, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दिया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजङ्ग शाही, भीष्म जोशी, सुलेमान शङ्कर (इकु) लगायतको अभिनय रहेको छ । नेपाली दर्शकले एक्सन चलचित्र अझै मन पराउँछन् भन्ने सन्देशसमेत १२ गाउँले दिएको छ । निर्देशक विराज भट्टका छोरा समीर भट्टको पहिलो चलचित्रमै यति सफलताले विराज उत्साहित हुनुहुन्छ । नेपाली चलचित्रमा शृङ्खला बनाउने एकखालको ‘टे«न्ड’ नै चलेको छ । सोही ‘टे«न्ड’ लाई पछ्याउँदै १२ गाउँ–२ बनाउनेतिर निर्देशक विराजले सोच बनाएको बताइन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल