प्रदूषित पानी बेच्ने चार उद्योग बन्द

सर्लाही, भदौ १४ गते : प्रदूषित पानी बेच्ने सर्लाहीका चार उद्योग बन्द गरिएको छ ।  हरिवन र लालबन्दी नगरपालिकाका चारवटा पानी उद्योग बन्द गराइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरबाट बिहीबार दिउँसो अनुगमन गर्दा पानी उद्योग नवीकरण नगरिएको र विभिन्न किसिमका लापरबाही गरेको पाइएपछि उद्योग बन्द गराइएको हो । यी चार वटै […]

चट्याङ लागेर दुई जना घाइते

तम्घास, भदौ १४ गते : गुल्मीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ६ अमरपुरका ३५ वर्षीया राधा बिक र ३० वर्षीया सीता बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । घाइते दुवैको गुल्मी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि लुम्बिनी मेडिकल […]

योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, भदौ  १४ गते :  प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज यहाँ आयोजित स्वजागरण कार्यक्रममा उहाँले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुुग्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गर्नुभयो । […]

चितवनका सबै इँटा उद्योग बन्द

चितवन, भदौ १४ गते : तराईबाट आउने इँटासँग प्रतिस्पर्धा गर्न नसकेपछि चितवनका सबै इँटा उद्योग बन्द भएका छन् । सात वटा उद्योग सञ्चालनमा रहेकोमा उत्पादित इँटा बजारमा बिक्री गर्न कठिन भएपछि उद्योग नै बन्द भएको हो । एक वर्षदेखि चितवनमा कुनै पनि इँटा उद्योग सञ्चालनमा रहेका छैनन् । यहाँका उद्योगले उत्पादन गरेको इँटा समेत बिक्री […]

लुम्बिनीमा बन्यो डाटा पोर्टल

देउखुरी, भदौ १३ गते : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्याङ्कको आधारमा मूल्याङ्कन गरिने बताउनुभएको छ । प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्याङ्कको आधारमा वस्तुगत मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने, तथ्याङ्कलाई मूल्याङ्कनको आधार बनाउँदा वास्तविकता पत्ता लगाउन सकिने उहाँको भनाइ छ । प्रदेश योजना आयोगको आयोजनामा बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको लुम्बिनी […]

नेपालमै पहिलो पटक ‘जेनोप्लान’ परीक्षण सुरु

बनेपा, भदौ १३ गते : धुलिखेल अस्पतालले नेपालमै पहिलो पटक ‘जेनोप्लान’ परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले मानिसलाई १० वर्षभित्र के कस्ता रोग लाग्ने सम्भावना रहेको छ भनी रोगको पहिचान, त्यस्ता रोग लाग्न नदिन अपनाउनुपर्ने सावधानीका उपाय पहिचानका लागि जेनोप्लान परीक्षण सेवा सुरु गरेको हो । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालकी गाइनोकोलोजिस्ट प्राडा. आभा श्रेष्ठले सिङ्गापुर, जापान, […]

नेकपा एसका निर्वाचित पदाधिकारीको शपथ आज

काठमाडौँ, भदौ १३ गते : आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे काठमाडौँमा बस्ने र निर्वाचित पदाधिकारी, पोलिटब्युरो सदस्यहरूको शपथग्रहण हुने पार्टी सचिवालयले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

बालिका बलात्कार आरोपमा दुई किशोर पक्राउ

ओखलढुङ्गा, भदौ १३ गते : ओखलढुङ्गामा बलात्कार आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । दुई जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको हो । एक १२ वर्षीया र अर्की १४ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा १८ वर्ष उमेरका दुई जना किशोरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो […]

मोटरसाइकल चोर्ने तीन जना पक्राउ

काठमाडौँ, भदौ १३ गते : काठमाडौँको चाबहिल  र स्वयम्भूबाटबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट घर भई काठमाडौँको  चाबहिल  बस्ने २८  वर्षीय सन्तोष फुयाँल,  मकवानपुर घर भई हाल स्वयम्भू बस्ने  ३० वर्षीय सूर्य बहादुर स्याङ्तानलाई चाबहिलबाट र पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट प्रहरीले पक्राउ […]

व्यावसायिक फलफूल खेती गर्दै बाजुराका किसान

बाजुरा, भदौ १२ गते । बाजुराका अधिकांश किसानले पछिल्लो समय फलफूल खेतीलाई व्यावसायिक रुपमा लिन थालेका छन् । यहाँ उत्पादन हुने स्याउ, सुन्तला, किवी, आँप, ओखर, कागतीलगायतका फलफूल खेतीले आयआर्जनमा थप टेवा पुग्ने सम्भाना देखिको भन्दै उनीहरुले पछिल्लो समय फलफूल खेतीलाई व्यवसायकै रुपमा लिन थालेका हुन् । स्याउ खेतीका लागि यहाँको माटो र हावापानी राम्रो […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल