मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)्र ठूलो योजना वा महत्वपूर्ण काम अघि बढाउने सोचमा हुनुहुन्छ भने केही समय पर्खनु लाभदायक हुनेछ। नजिकका व्यक्तिसँग सामान्य मनमुटाव हुनसक्ने भएकाले कुराकानी गर्दा संयमता अपनाउनुहोस्। मान्यजन तथा अनुभवी व्यक्तिको सल्लाहलाई बेवास्ता नगर्नुहोस्। हतारमा गरिएको निर्णयले काम बिगार्न सक्छ। आर्थिक कारोबारमा पनि सोचविचार आवश्यक देखिन्छ। वृष […]
काठमाडौँ, भदौ ३ गते । गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीको रूपमा रहेको विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका सम्बन्धमा सोध्नुभएको प्रश्नको जवाफ दिनुभएको हो । मन्त्री गुरुङले विपद्मा एक परिवारबाट एक व्यक्तिलाई लाभ […]
काठमाडौं, भदौ ३ गते । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने २ अर्व ७३ करोड रुपियाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिष बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताउनुभयो । मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरु १) सफ्टवेयर विकास […]
गलकोट (बागलुङ), भदौ ३ गते । बागलुङको निसीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन गरेको छ । गाउँपालिकाले ७४ लाख रुपियाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ८७ लाख ६१ हजार २२९ रुपियाँ राजस्व संकलन गर्न सफल भएको हो । निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरका अनुसार लक्ष्यभन्दा १८.४ […]
काठमाडौँ, भदौ ३ गते । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पछिल्लो एक महिनामा करिब डेढ करोड रुपियाँ बराबरको रकम श्रमिकको पारिश्रमिकबापत भुक्तानी गर्न सफल भएको छ । विभागको सक्रियतामा गएको साउनमा विभिन्न रोजगारदाता कम्पनी र प्रतिष्ठानमा आएका उजुरीका आधारमा श्रमिकलाई एक करोड ४० लाख ५२ हजार ८१५ बराबरको पारिश्रमिक भुक्तानी गराएको हो । विभागका महानिर्देशक […]
विराटनगर, भदौ ३ गते । कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत २३औँ बैठक ४३ दिनको अन्तरालपछि आज बुधबार दिउँसो १ बजे बस्दैछ । गत असार २४ गते बजेट पारित गरेपछि बैठक स्थगित गरिएको थियो । आजको बैठकमा सरकारले ‘दलित अधिकारसम्बन्धी विधेयक’ प्रदेशसभामा पेश गर्ने सम्भावना रहेको छ । यद्यपि, कार्यव्यवस्था परामर्श समितिबाट अन्तिम कार्यसूची पारित हुन बाँकी […]
काठमाडौँ, भदौ ३ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]
मेष राशि मेष राशिका लागि भदौँ महिना मध्यम रहन सक्छ । धनको वृद्धि हुनुका साथै कार्य प्राप्तिको योग पनि रहेको देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । सोचेका काम बन्नेछन् । साथीभाईबाट खुसी मिल्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । शत्रुहरु बलिया रहनुका साथै कार्यमा समस्या खडा गर्न सक्नेछन् । स्वास्थ्यमा […]
काठमाडौँ, भदौ २ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सोमबार घरका मूलढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्बिर टाँसी विधिपूर्वक पूजाआराधना गरेर मनाइएकोे छ । आजको दिन घरको मूलढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास रहिआएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित […]
काठमाडौँ, भदौ २ गते । टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ । टोली सिरिज खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले अस्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार नै बिदाइ गरेको थियो । यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्ने छन् । यही […]