वीरगञ्ज (पर्सा), साउन २५ गते । पर्साको ठोरी गाउँपालिका–४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटे बाघ भेटिएको छ । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आइतबार बिहान ७ः३० बजे आसपासमा ठोरीको मालीबस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटे बाघ मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । “ठोरीका स्थानीयले पाटे बाघ मृत अवस्थामा भेटिएको सूचना […]
कपिलवस्तु, साउन २५ गते । शनिबार, विजयनगर गाउँपालिका–१ जबाबैराठका थारु समुदायका हातमा पहिलो पटक लालपुर्जा राखिँदै थियो । बिहानैदेखि गाउँमा उत्साहको माहौल थियो । लालपुर्जा हस्तान्तरणका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी स्वयं गाउँ आइपुग्नुभएको थियो । वर्षौँदेखि आफ्नो भनिने जमिनमा बसोबास गर्दै आएका तर कानुनी कागज नपाएका भूमिहीन २१ घरधुरीलाई […]
जनकपुरधाम, साउन २५ गते । जनकपुरधामस्थित थापा चौकदेखि देवी चौक मार्गमा पर्ने रेलवेको अनधिकृत क्रसिङमा कार दुर्घटना भएकाे छ । रेलवे सुरक्षा वेसका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज क्षेत्रीका अनुसार बिहान करिब साढे ८ बजे भंगाहाबाट जयनगरका लागि छुटेको रेल सो स्थानमा पुग्दा ०२५ च १२९० नम्बरको कार अचानक रेलवे ट्रयाकमा प्रवेश गरेको थियो । […]
पाख्रीबास, (धनकुटा) साउन २५ गते । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनका हुँदा १७ जनाभन्दा बढी घाइते भएका छन् । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको बा.२ च.२३०९ नम्बरको पिकअप आइतबार बिहान करिब १०ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी पिकअपमा सवार २१ जना सवार थिए । जसमध्ये १७ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार […]
गुलरिया(बर्दिया) साउन २५ गते । राजापुर नगरपालिका–२ बालाबजारकी नविना थारू २०५८ सालमा श्रीमान् नेपालगञ्ज पढ्दै गर्दा राज्यपक्षबाट बेपत्ता पारिए । श्रीमान् बेपत्ता भएपछि नविना एक्लो हुनुभयो । पछि पारिवारिक रुपमा पनि एक्लिएकी नविनाले सिलाइ कटाइ तालिम लिएर व्यवसाय सुरु गर्नुभयो । पहिले श्रीमानको यादमा तड्पिने उहाँ आफ्नो व्यवसायमा व्यस्त भएपछि आफ्नो पीडा कम भएको महसुस […]
मकवानपुर, साउन २५ गते । मकवानपुुरको मकवानपुरगढी गाउँपालिका–१ स्थित बुँदुनेखोलामा बेलिब्रिज निर्माणसँगै हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका बासिन्दालाई आवागमनमा सहज भएको छ । गाउँपालिकाको बजेटमा तीन वर्षअघिबाट बुँदुनेखोलामा बेलिब्रिज निर्माण सुरु गरिएकोमा यो वर्ष मात्रै बेलिब्रिज जडान कार्य सम्पन्न भएको हो । मकवानपुरगढी गाउँपालिका–१ का वडाध्यक्ष आइतसिङ लोले तीन वर्षअघि पुल निर्माण गर्न जग, पिल्लरलगायतका […]
बागलुङ (गलकोट) साउन २५ गते । धवलागिरी बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा नै सर्वोत्कृष्ट बनेको क्याम्पसले अब भने प्राविधिक विषयमा पठनपाठन थाल्ने भएको हो । स्नातक तहमा यसै शैक्षिक सत्रदेखि प्राविधिक विषयको पठनपाठन सुरु भएको कार्यक्रम संयोजक शिव पौडेलले बताउनुभयो । साविकको धौलागिरी […]
काठमाडौँ, साउन २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कुश्मा (पर्वत), साउन २५ गते । पर्वत जिल्लाको कालीगण्डकी तटीय क्षेत्रमा उच्च जोखिमयुक्त रसायनको कालो पोखरी बनाइएको छ । जिल्लाको कुश्मानगरपालिका– ५ जलकेनीमा सञ्चालनमा रहेको छिपु बायोटेक्नोलोजी कम्पनीले चुत्रो र गुजरगानो प्रशोधनमा प्रयोग गरी फालिएको सल्फाइड युक्त अम्लले पोखरी बनेको हो । चाइनीज हर्वल उद्योगले गैरहकाष्ठ जन्य पदार्थमा पर्ने चुत्रोको जरा, हाँगा र डाँठ साथै […]
वराहक्षेत्र, साउन २५ गते । गाउँमा अर्मपर्मबाट गरिने परम्परागत खेती प्रणाली हराउँदै गएको छ । गाउँमा बाली लगाउँदादेखि बाली भिœयाउनसम्म अर्मपर्म, खेतालापात गरेर काम गरिने चलन पछिल्लो समय हराउँदै जान थालेको हो । परम्परागत खेती प्रणालीमा बाली लगाउने समयमा आलोपालो गर्दै एकअर्काको खेतीपातीको काम सक्ने, नभ्याउँदा खेताला पनि लगाइने चलन थियो । वराहक्षेत्र–५, कालाबञ्जरका ७९ का शेरबहादुर थापाले […]