alliance khabar

मंगलबार, कार्तिक ११, २०८२

सुलीकोट, कात्तिक ११ गते ।

गोरखाका बेपत्ता एक युवा २० दिनपछि मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सहिद लखन गाउँपालिका – २ मनकामनाका ३५ वर्षीय कालुराम थापा मङ्गलबार बिहान चितवनको देवघाट जङ्गलमा फेला परेका हुन् ।

प्रसिद्ध धार्मिक स्थल मनकामनाको केबुलकार हुँदै असोज २२ गतेबाट घरबाट सम्पर्कविहीन भएका थापा झण्डै २० दिनपछि देवघाटका स्थानीयहरुले जङ्गल जाँदा देखेपछि प्रहरीलाई खबर गरेका मृतक कालुराम थापाका आफन्त अशोक थापाले जानकारी दिनुभयो ।

प्रहरीले आफन्तलाई सम्पर्क गरेपछि मृतक थापाका आफन्तले कपडाबाट शव पहिचान गरी पोष्टमार्टमका लागि चितवनको सरकारी अस्पताल लगिएको आफन्त अशोक थापाको भनाइ छ ।

बेपत्ता भएको दिनदेखि परिवार र स्थानीयवासीले विभिन्न स्थानमा खोजीकार्य जारी राखी गोरखा र चितवनका प्रहरी कार्यालयमा उजुरी दिइएको मृतकको आफन्त अशोक थापाले बताउनुभयो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल