alliance khabar

मंगलबार, कार्तिक ११, २०८२

ताप्लेजुङ, कात्तिक ११ गते ।

स्थानीय प्रशासनले हिमाली जिल्ला ताप्लेजुङमा मौसमी जोखिमबाट सुरक्षित रहन सबै नागरिकलाई आग्रह गरेको छ । वर्षा र हिमपातजन्य विपदमा परी ज्यानसमेत जान सक्ने भएकाले स्थानीय प्रशासनले उक्त जोखिमबाट सुरक्षित रहन सबैलाई आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले मङ्गलबार बिहान सूचना प्रकाशित गर्नुहुँदै हिमपातजन्य मौसमी जोखिमबाट सुरक्षित रहन सबै नागरिकलाई आग्रह गर्नुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनअनुसार बुधबारसम्म विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरेकाले जोखिमबाट सतर्कता अपनाउनुपर्ने प्रजिअ सेढाइँले सूचनामा जनाउनुभएको छ ।

कञ्चनजङ्घा हिमालसहित पर्यटकीय गन्तव्यहरु रहेको जिल्ला र अहिले पर्यटकीय मौसम भएकाले हिमपातजन्य जोखिमबाट पर्यटक नै बढी प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । कञ्चनजङ्घासहितका गन्तव्यको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटक, पदयात्री, पाथीभरासहित तीर्थस्थलको दर्शन गर्ने तीर्थयात्री र अहिलेको मौसममा विभिन्न क्षेत्रको भ्रमण गर्न निस्किएका नागरिकलाई सतर्कता अपनाउन प्रजिअ सेढाइँले आग्रह गर्नुभएको छ ।

यस्तै, जिल्लाको हिमाली भेगमा बसोबास गर्ने नागरिकलाई पनि वर्षा र हिमपातका कारण आइपर्ने जोखिम र जाडोबाट जोगिएर बस्न अर्थात् सतर्कता अपनाउन साथै सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । सम्भावित जोखिम रहेको क्षेत्रमा भ्रमण तथा यात्रा नगर्न र यात्रा गर्नैपर्ने भएमा मौसमी अवस्थालाई ख्याल गरेर मात्र भ्रमण साथै यात्रा गर्न स्थानीय प्रशासनको सुझाव छ ।

यता मौसम भने सोमबार रातिदेखि नै धुम्मिएको छ भने मङ्गलबार बिहान सदरमुकाम फुङ्लिङ बजारमा फाट्टफुट्ट वर्षा भएको छ । जिल्लाको उच्च हिमाली भेगमा हिमपातसमेत सुरु भएको स्थानीयले बताएका छन् । मौसम धुम्मिएका कारण जिल्लामा जाडो पनि बढेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल