फागुन २१ को निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति : प्रधानमन्त्री

काठमाडौँ, कात्तिक २ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको जानकारी दिनुभएको छ । उहाँले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “तयारी अझै द्रुततर गतिमा अघि बढाइँदै छ । सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ ।” प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र […]

फेरि घट्यो ब्याजदर

काठमाडौँ, कात्तिक १ गते । वाणिज्य बैङ्कले कात्तिकका लागि पनि ब्याजदर घटाएका छन् । निरन्तर घटने क्रममा वाणिज्य बैङ्कको ब्याजदर एकल अङ्कमा रहेको छ । कात्तिकका लागि अधिकांश बैङ्कले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । बैङ्कले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटाएर औसत ५.२० प्रतिशतमा झरेका छन् । असोजमा यस्तो औसत ब्याजदर व्यक्तिगततर्फ ५.४६ […]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित

ललितपुर, कात्तिक १ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य एवं कांग्रेस बाराका पूर्वसभापति ऋषिकेश गौतमको ८४ वर्षको उमेरमा भएको निधनका कारण कात्तिक १३ गतेसम्म बैठक स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी […]

पशुपति क्षेत्रको नामकरणमा ‘विकास’ को ठाउँमा संरक्षण र संवर्द्धन राख्न माग

काठमाडौँ, कात्तिक १ गते । पशुपति क्षेत्र विकास कोषको नामाकरणमा ‘विकास’ लेखिएको स्थानमा संरक्षण र संवर्द्धन शब्द राखेमात्र यसको सोचअनुसार काम हुनसक्नेमा यस क्षेत्रका विज्ञहरूले जोड दिएका छन् । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले विसं २०४४ मा कोष गठन हुँदा पहिलो कार्यकारी प्रमुख भई काम गर्नुभएका देवीप्रसाद चापागाईंसँग आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा […]

देशभर मौसम सफा रहने

काठमाडौँ, असोज ३१ गते । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

सुनको मूल्य उच्च, बजारमा कृत्रिम अभाव

काठमाडौँ, असोज ३१ गते । तिहार नजिकिँदै गर्दा बजारमा सुनको उच्च मूल्य तथा कृत्रिम अभावको समस्या थपिएको छ । तिहारमा सुनको माग उच्च हुने हुँदा व्यवसायी अभाव देखाएर बढी मूल्य लिने गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले तिहारमा सुनको माग उच्च भएकाले सुनको अभाव कायम रहेको जानकारी दिनुभयो । चोरीतस्करीबाट […]

आयोगमा नयाँ दल दर्ता निवेदन

काठमाडौँ, असोज ३१ गते । नेपालको ख्यातिप्राप्त निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत केन्द्रीय सदस्य रहेको गतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । दलको अध्यक्ष दिनेशराज प्रसाईं हुनुहुन्छ । सो दलले बुधबार दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । आयोगको कानुन तथा राजनीतिक दल […]

बिमा दाबी पच्चिस अर्बभन्दा बढी

काठमाडौँ, असोज ३१ गते । जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको करिब दुई अर्ब रुपियाँ भुक्तानी भइसकेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार हालसम्म तीन हजार १६३ वटा बिमा दाबी दर्ता भई जम्मा २५ अर्ब १४ करोड ८३ लाख रुपियाँ बराबरको दाबी आएको छ । जसमध्ये एक […]

तीन उद्योगले तिर्न थाले बक्यौता

काठमाडौँ, असोज ३१ गते । डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापतको बक्यौता महसुल भुक्तानी गर्न नेपाल विद्युत् प्राधिकरणले ताकिता गरेपछि बक्यौता रहेका उद्योगहरू सम्पर्कमा आई महसुल तिर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सम्राट् सिमेन्ट, रोल्पा सिमेन्ट र नवनेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् । रोल्पा र सम्राट् सिमेन्टले किस्ताबन्दीमा रकम तिरेका छन् । प्राधिकरणका […]

‘जेनजी आन्दोलनलाई देशी–विदेशी प्रपञ्च भनेर टार्न मिल्दैन’

काठमाडौँ, असोज ३० गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई देशी–विदेशी प्रपञ्च भनेर टार्न नमिल्ने बताउनुभयो । पार्टी केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकमा आफ्नो धारणा राख्दै पोखरेलले आन्दोलनको गम्भीर समीक्षा गरी नेतृत्व तहदेखि नै रूपान्तरणको आवश्यकता रहेको बताउनुभयो । उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकादेखि उच्च सरकारी निकायमा भएका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल