alliance khabar

आइतबार, मंसिर ०७, २०८२

लमजुङ, मङ्सिर ७ गते ।

लमजुङका यातायात व्यवसायीले तोकिएको भाडादर कायम गर्न प्रतिबद्धता जनाएका छन् । उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेर तोकिएको भाडादर मात्र लिन प्रतिबद्धता जनाएका हुन् ।

सर्वसाधारणबाट मनपरी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायीलाई ७२ घन्टे स्पष्टीकरण सोधेको थियो । यातायात व्यवसायीका प्रतिनिधि प्रशासनमा आफैँ उपस्थित भएर तोकिएको भाडादर कायम गर्ने प्रतिबद्धता जनाएका हुन् । जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायीका प्रतिनिधिसहित नयाँ भाडादर कायम गरे पनि सर्वसाधारणले मनपरी भाडा लिएको गुनासो गरेपछि कारणसहित ७२ घण्टाभित्र जवाफ दिन प्रशासनले यातायात व्यवसायीलाई पत्राचार गरेको थियो ।

७२ घन्टे अल्टिमेटम सकिनै लाग्दा यातायात व्यवसायीका प्रतिनिधिले भाडादर कायम गराउन प्रतिबद्धता रहेको भन्दै प्रशासनमा पुगेका थिए । उनीहरूले आफ्नामातहतका निकायलाई कडाइका साथ निर्देशन दिने, ट्राफिक प्रहरीसहितको सहयोगमा अनुगमन गर्ने, बढी भाडा लिनेलाई कारबाही गराउनेलगायतका प्रतिबद्धता जनाएको सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल