काठमाडौं, असार ५ गते । संघीय निजामती सेवा विधेयक २०८० मा समावेश गरिएको दुई वर्षे कुलिङ पिरियड (शीतकालीन अवधिको नियम) को प्रावधान हटाउन गरिएको चलखेलप्रति नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) ले गम्भीर आपत्ति जनाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संघीय संसदमा पेश भएको सो विधेयकमा, कुनै निजामती वा सरकारी सेवाबाट राजीनामा दिएको […]
काठमाडौँ, जेठ २९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल र मलेसियाबिचको श्रम सम्बन्ध दिगो हुने विश्वास व्यक्त गर्नुभएको छ । मलेसियाका मानव संसाधनमन्त्री स्टिभन सिम ची किओङसँग जेनेभामा भएको भेटमा मन्त्री भण्डारीले मलेसियासँग श्रम क्षेत्रको सहकार्य अझ सबल हुने विश्वास व्यक्त गर्नुभएको हो । मन्त्री भण्डारीले मलेसियामा कार्यरत ठुलो सङ्ख्यामा नेपाली […]
काठमाडौँ, जेठ २९ गते । साँघुरो कोठा, मधुरो बत्ती, ठुलादेखि साना जुठा भाँडाको डङ्गुर । काठमाडौँको कलङ्की सडकमा पर्ने खाना तथा खाजा होटलका यी भाँडा पटक पटक माझ्नु पर्छ कालेलाई । यी बालकलाई होटेल सञ्चालकले काले भनेर बोलाउँछन् । देख्दा ११/१२ वर्षको जस्तो देखिने कालेले उमेर सोध्नेलाई १६/१७ वर्ष भन्ने गर्नुभएको छ । खान र […]
कञ्चनपुर, वैशाख २९ गते । शुक्लाफाँटा नगरपालिका-१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ-रिक्सा चलाएर परिवारको खर्च धान्दै आउनुभएको छ । इ-रिक्सा चलाएर उहाँले मासिक ३५ हजार बढी आम्दानी गर्नुहुन्छ । घरको आर्थिक अवस्था कमजोर हुँदा गाउँकै समूहबाट दुई लाख ऋण लिएर इ-रिक्सा खरिद गरी चलाउन थाल्नुभएको हो । समूहबाट लिएको ऋण महराले पाँच महिनामै […]
हुम्ला, वैशाख २३ गते । चीनको पुराङ काउन्टीको ताक्लाकोट जाने हुम्लावासी एक हजारभन्दा नाघेका छन् । व्यापार व्यवसाय र रोजगारीका लागि बेरोजगार युवा ताक्लाकोट गएका हुन् । यही वैशाख १ गतेयता हुम्लाबाट काम र व्यापार व्यवसाय गर्नका लागि एक हजार दुई जना हुम्लाका बेरोजगार युवा चीनको ताक्लाकोट हिल्सा नाकाबाट गएको यारी नाका भन्सार कार्यालयका प्रमुख […]
सुर्खेत, वैशाख २२ गते । कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसबाट किसान लाभान्वित भएका छन् । दुध उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहन गर्न २०७८/७९ देखि किसानलाई दुध उत्पादनमा अनुदान दिएर प्रोत्साहन गर्दै आएको प्रदेश सरकारले सिधै किसानको खातामा रकम जम्मा गर्दै आएको छ । भूमि […]
काठमाडौँ, वैशाख २२ गते । रोजगादाता उद्योग/प्रतिष्ठानमा नियमित काम गर्ने श्रमिकको सङ्ख्या घटेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को श्रम अडिट प्रतिवेदन २०८१ का अनुसार गत वर्षको तुलनामा यस वर्ष नियमित रोजगारी गर्ने श्रमिकको सङ्ख्या ११ प्रतिशतले घटेको हो । प्रतिवेदन अनुसार देशभरका विभिन्न उद्योग/प्रतिष्ठानमा नियमित, कार्यगत, समयगत, आंशिकलगायतका श्रमिक कार्यरत छन् । यसमध्ये […]
बबई (बर्दिया), वैशाख २१ गते । बर्दियामा केही वर्षअघि महिलाले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–८ स्थित कालिका महिला उद्यमी समूहले चार वर्षदेखि सञ्चालनमा ल्याएको ढाका उद्योग आर्थिक अभाव बढ्दै जाँदा बन्द हुने अवस्थामा पुगेको हो । सरुवाती समयमा ढाकाका कुर्ता सुरवाल, सर्ट, पछ्यौरा, चोलोलगायतका सामग्री उत्पादन हुने उद्योगमा आर्थिक […]
काठमाडौँ, वैशाख १८ गते । जलवायु परिवर्तनको असरले सबैभन्दा धेरै श्रमिक क्षेत्र प्रभावित भएको ट्रेड युनियनका नेताहरूले बताएका छन् । उनीहरुले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर श्रमिक क्षेत्रमा पुगेको भन्दै खबरदारी बढाउनुपर्ने सुझाव दिएका हुन् । उनीहरूले कतिपय ठुला उद्योगी व्यवसायीहरूले सतप्रतिशत आउटसोर्स श्रमिक काममा लगाउँदा कार्यस्थलहरू ‘एम्बुस’ बन्दै गएको आरोप लगाए । एक […]
काठमाडौं, वैशाख ८ गते – नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) राष्ट्रिय समितिका अध्यक्ष योगेन्द्र कुमार कुँवरले जलवायु परिवर्तनको मारमा अनौपचारिक क्षेत्रका महिला श्रमिकहरू रहेको बताउनुभएको छ। नेपाल ट्रेड युनियन कांग्रेस जलवायु परिवर्तन तथा न्यायोचित रूपान्तरण सेलले आयोजना गरेको जलवायु परिवर्तन न्यायोचित रूपान्तरण एनडिसी ३.० नीति संवाद कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले जलवायु संकटले सिर्जना गर्ने असरहरू […]