मधेसको खडेरीले अझ बढायो सुनकोशी–मरिण डाइभर्सन आयोजनाको आवश्यकता

काठमाडौँ, साउन ११ गते । सुक्खाग्रस्त क्षेत्र घोषित मधेश प्रदेशमा सिँचाइ सुविधा पुर्‍याउन सकिने सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्यीय आयोजनाको आवश्यकता यतिखेर पुष्टि भएको छ तर एक वर्षअघि नै आयोजनाको सुरुङ छिचोलिए पनि ठेकेदारको लापर्बाहीका कारण बाँध निर्माणले गति लिन सकेको छैन । पटेल–रमण (संयुक्त) ले बाँध निर्माणको ठेक्का लिएको हो । १४ अर्ब सात करोड ५९ लाख […]

मितेरी पुलमा अस्थायी बेलिब्रिज निर्माण सुरु

रसुवा, साउन ११ गते । नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएको थियो । चीन सरकारले आइतबारबाट पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनभयो । यसअघि शनिबार […]

मालिकाको दाजुङखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी, साउन १० गते ।   म्याग्दीको मालिका गाउँपालिका ३ र ४ को सिमानामा पर्ने अदिभारास्थित दाजुङ खोलामा मोटरेबल पुल निर्माण भएको छ । पुल निर्माण भएसँगै गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका साथै बागलुङको तमानखोला र ढोरपाटन नगरपालिकाका बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले चार करोड १० लाख ८३ […]

मितेरी पुललगायतको निर्माण सुरु

काठमाडौँ, साउन ७ गते ।  गत असार २४ को भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुललगायतका संरचनाको निर्माण सुरु भएको छ । रसुवागढीस्थित ल्हेन्देखोलामा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता प्रभातकुमार झाले नेपाल–चीन सीमास्थित मैत्री पुल रहेको ठाउँमा बेलिब्रिज तथा बाढीपहिरोबाट बगेका सडकलगायतका संरचनाको निर्माण कार्य सुरु भइसकेको जानकारी दिनुभयो । […]

विद्युत् विकासका लागि बहुपक्षीय समझदारी

काठमाडौँ, साउन ६ गते । पश्चिम सेती कोरिडोरमा जलविद्युत् आयोजना विकास र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार पाँच विभिन्न संस्थाबिच समझदारी भएको छ । पश्चिम सेती कोरिडोर अन्तर्गतका जलविद्युत् आयोजना र प्रसारण पूर्वाधार निर्माणमा सहकार्य गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी गर्ने कम्पनीमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड […]

अझै चल्दै छन् देशभर चौध अवैध तुइन

काठमाडौँ, साउन १ गते ।  अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । १० वर्षअघि मुलुकभर १४६ वटा तुइन रहेकामा अहिले १४ वटा मात्र बाँकी छन् । १३२ स्थानका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । […]

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी, असार  ३२ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो । खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको […]

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, असार २६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य […]

नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलाञ्चोक, असार २१ गते ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल विसं २०३७ मा निर्माण भएको […]

उपकरण मर्मतसम्भारमा लापर्बाही, कार्गो आयातनिर्यात ठप्प हुने अवस्था

काठमाडौँ, असार १३ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपासका लागि जडान गरिएका उपकरणको मर्मतसम्भारमा लापर्बाही हुँदा कार्गो आयातनिर्यात ठप्प हुने अवस्थामा पुगेको छ । विमानस्थलको कार्गो वेयर हाउसमा सामान निकासी जाँचपासका क्रममा प्रयोगमा आउने उपकरण सञ्चालन र मर्मतसम्भार नेपाल पारवहन तथा गोदाम लिमिटेडले गर्दै आएको छ तर हवाई माध्यममार्फत आयातनिर्यात हुने देशकै प्रमुख […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल