alliance khabar

बिहिबार, कार्तिक १३, २०८२

काठमाडौँ, कात्तिक १३ गते ।

 नेपाल टेलिकमले देशका सबै अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा निःशुल्क वाइफाई उपलब्ध गराउने भएको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्गलबारदेखि यस्तो सेवा सुरु गरेको हो । सो अभियान अन्तर्गत कम्पनीले पहिलो चरणमा मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा निःशुल्क वाइफाई आरम्भ गरेको छ । उक्त सुविधा अन्तर्राष्ट्रिय विमानस्थलको आगमन, प्रस्थान, विशिष्ट कक्ष तथा प्रतीक्षास्थललगायतका क्षेत्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो सेवा सञ्चालन सम्बन्धमा कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार टेलिकमले देशभर सञ्चालनमा रहेका तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रुलक्षित निःशुल्क इन्टरनेट सुविधा क्रमशः उपलब्ध गराउने छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल